३० जेठ २०८३, शनिबार

दाङको राजपुर गाउँपालिकाबाट ​एसईईमा १ जनामात्रै उत्तीर्ण

असार १५, २०८१
दाङ
दाङको राजपुर गाउँपालिकाबाट ​एसईईमा १ जनामात्रै उत्तीर्ण

दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् ।

पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका २ सय ५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा १ जना मात्रै उत्तीर्ण भएका हुन् ।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् ।

उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।

सोही पालिकाबाट  जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६, शङ्कर मावि खरदरियाबाट ४५, माध्यमिक विद्यालय दुलैयाबाट ९, बालकल्याण मावि खंग्रानाकाबाट १० जना एसईई परीक्षा सहभागी भएका थिए ।

माध्यमिक विद्यालय सिक्टाबाट ३०,  गौरीशङ्कर मावि भैसाहीनाकाबाट ९ जना, शिवशक्ति मावि भौवानाकाबाट ६ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ ।

शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए ।

'हामीले शिक्षामा धेरै लगानी गर्‍यौं,' उनले भने, 'तर लगानी अनुसारको नतिजा दिन सकेनौं ।' आठ वटै विद्यालय सामुदायिक हुन् ।

३ सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्