१२ साउन २०८३, मंगलबार
उपत्यकाका अधिकांश ठाउँ जलमग्न

इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

असार २२, २०८१
काठमाडौं
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरूद्ध दोस्रो चरणको राष्ट्रपतीय चुनावमा जित हासिल गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

पेजेस्कियनले एक करोड ६० लाखभन्दा बढी र जलिलीले एक करोड तीन लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन अधिकारीका प्रवक्ता मोहसेन एस्लामीले बताए । उनका अनुसार निर्वाचनमा ४९।८ प्रतिशत मतदान भएको थियो भने रद्द भएको मतपत्रको सङ्ख्या छ लाखभन्दा बढी रहेको थियो ।  

जितपछि विजयी पेजेस्कियनले आफ्ना समर्थक तथा मतदाताहरूलाई धन्यवाद दिँदै सबैलाई मित्रताको हात दिने र सबै यस देशका जनता भएकाले देशको प्रगतिको लागि प्रयोग गर्नपर्ने सरकारी टेलिभिजनमार्फत उल्लेख गरे ।  

salt training

कमेन्ट गर्नुहोस्