२९ जेठ २०८३, शुक्रबार

गलत सूचनाले प्रवेश परीक्षाबाट बन्चित भए विद्यार्थी

असार २९, २०८१
काठमाडौं
गलत सूचनाले प्रवेश परीक्षाबाट बन्चित भए विद्यार्थी

माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बन्चित भएका छन् । 

कलेजको शुरूमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरू आज बिहान ७ः१५ बजे कलेज परिसर पुगेका थिए । तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो । 

कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भने, 'प्रवेश परीक्षा लिन भनेर हामीसँग रु एक सय ५० का दरले रकम उठाइएको थियो तर अहिले आएर परीक्षा दिनबाट बन्चित गराइयो ।'

विद्यार्थी प्रियंका ओझाका पिता विपिन ओझाले पनि उक्त कलेजको लापरबाहीका कारण आफूहरूले दुःख पाएको  गुनासो गरे ।

कलेजले कक्षा ११ मा भर्नाका लागि विभिन्न १० स्थानका  लागि आवेदन मागेकोमा करिब साढे दुई लाख विद्यार्थीले फाराम भरेका थिए ।

कलेजले शुरूको सूचनामा पाँच स्थानमा शुक्रबार र पाँच स्थानमा शनिबार परीक्षा सञ्चालन हुने उल्लेख गरेको थियो ।

तर पछि तालिका परिवर्तन गरेकाले शनिबारका लागि तयारी गरेका विद्यार्थी परीक्षा दिनबाट बन्चित भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्