२५ जेठ २०८३, सोमबार

गुरुपूर्णिमामा प्रधानमन्त्रीको शुभकामना– उज्यालोको खोजी नै जीवनको खोजी

साउन ६, २०८१
काठमाडौं
गुरुपूर्णिमामा प्रधानमन्त्रीको शुभकामना– उज्यालोको खोजी नै जीवनको खोजी

प्रधानमन्त्री केपी शर्मा ओली गुरुपूर्णिमाको अवसरमा शुभकामना दिँदै उज्यालोको खोजी नै जीवनको खोजी भएको बताएका छन् । 

उनले आज (आइतवार) बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्, ‘उज्यालोको खोजी नै जीवनको खोजी । जीवनको खोजीमा उज्यालो देखाउने सबै गुरुहरूलाई नमन ! गुरुपूर्णिमाको शुभकामना !!’

आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्