२७ असार २०८३, शनिबार

एडु सन्जाल र आईएमई पेबीच साझेदारी

साउन ७, २०८१
काठमाडौं
एडु सन्जाल र आईएमई पेबीच साझेदारी

नेपालको पहिलो डिजिटल वालेट  'आईएमई पे' र शैक्षिक पोर्टल, एडु सन्जालबीच एक्सक्लुसिव पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ।  भुक्तानी तथा अन्य अफरहरूको साझेदारीका लागि दुई संस्थाबीच सम्झौता भएको हो ।

साझेदारीपश्चात पहिलो दुई सय विद्यार्थीहरूले आईएमई पे एप मार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको  एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्ने छन्  ।

यसको  अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने  रेफरल कोड प्रयोग गरी आईएमई पे एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने 'आईएमई क्वीज' नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्ने छन् ।

साथै आगामी दिनमा आईएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आईएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ ।

यस सम्झौताबाट डिजिटल प्लेटफर्ममार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्ने छ । 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आईएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ’आईएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

salt training

कमेन्ट गर्नुहोस्