२८ असार २०८३, आइतबार

नवजात छोरीका नाममा दश हजारको मुद्दती खाता

असार २७, २०८३
बाग्लुङ
नवजात छोरीका नाममा दश हजारको मुद्दती खाता

बागलुङ नगरपालिकाले नवजात छोरीका नाममा रु १० हजारको मुद्दती खाता उपहारस्वरूप खोलिदिने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत रु पाँच हजार प्रदान गरिँदै आएकामा आगामी आर्थिक वर्षदेखि उक्त रकम दोब्बर बनाइएको हो।

हालैको नगरसभाबाट उक्त निर्णय पारित भएको जनाउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा उक्त रकमको बैंक खाता खोलिने राससलाई बताए।

हालसम्म ३०० जना छोरीका नाममा रु पाँच हजारका दरले रु १५ लाख जम्मा गरिएको छ। खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर २० वर्ष नपुगेसम्म निकाल्न पाइँदैन।

salt training

कमेन्ट गर्नुहोस्