२६ जेठ २०८३, मंगलबार

देवी प्रतिभाको नेपाल बसाइ लम्बियो, अझै दुई दिन प्रवचन दिने

साउन १३, २०८१
काठमाडौं
देवी प्रतिभाको नेपाल बसाइ लम्बियो, अझै दुई दिन प्रवचन दिने

ललितपुर दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छिन् । शनिवार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमवारसम्म नेपालमै बस्ने भएकी हुन् ।

उनले आइतवारदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी प्रतिभाले १३ र १४ गते बिहानीसत्रमा रामकथा प्रवचन गर्ने आयोजकले जनाएका छन् ।

देवी प्रतिभा नेपाली मूलकी भएपनि उनले भारतलाई कर्मथलो बनाएकी छिन् । –रासस 

salt training

कमेन्ट गर्नुहोस्