भदौ ९, २०८१
मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो । त्यसपछि खाली पेटमा ए...
यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन । हुन त २० औं शताब्दीका महान दार्शनिक ओशोलाई विष पिलाएर मार्न खोज्ने यो दुनियाँमा बिचरी कलिलो उमेरकी प्रतिभालाई एकबारको जुनीमा केवल भात खानका लागि मात्र जीवित मान्छेहरूले चिन्ने, जान्ने वा बुझ्ने कुरै भएन ।
अब सिधै ३ वटा विषयतर्फ लागौं । पहिलो उनका 'बडी गार्ड'हरूको बारेमा, दोस्रो उनले भनेको 'डिभोर्स' शब्दको बारेमा र तेस्रो कोटीहोममा उठाइएको चन्दाको बारेमा । लेख धेरै लामो छैन, कृपया नआत्तिई पढ्नुहोला । आजको लेखमा म कुनै 'धर्मो रक्षति रक्षितः' भएर निस्किएको हैन, केवल देवी प्रतिभाको असाधारण प्रतिभाको कदर गर्न यति लेख्दैछु ।
देवी प्रतिभाको अगाडि–पछाडि 'बडी गार्ड'हरू हिँडेको देखेर केही मानिसलाई जलन भएछ । आजभोलि दोहोरीसाँझमा पनि चारजना गार्ड बसेका हुन्छन् । ग्राहकले रक्सीले मातेर हल्ला गर्छन्, लडाईं झगडा गर्छन्, चेलीबेटीलाई जिस्क्याउँछन्, अपशब्द प्रयोग गर्छन् भनेर त्यसलाई नियन्त्रण गर्नका लागि त्यस्ता 'गार्ड' राखिएका हुन् । यसकारण 'बडी गार्ड'को कुरा धर्मसँग नभई व्यक्तिको सुरक्षासँग जोडिएको हुन्छ ।
धार्मिक प्रवचनको नशा रक्सीको भन्दा खतरनाक हुन्छ । उदाहरणका लागि केही दिनअगाडि एक धार्मिक कार्यक्रममा भागदौड मच्चिएर भारतको उत्तर प्रदेशमा १२० भक्तजनको ज्यान गयो । हजारौं घाइते छन् । भागदौडमा च्यापिएर मर्ने ती अरू कोही नभएर सुरजपाल नाम गरेका एकजना बाबाको पाउको धुलो स्पर्श गर्न चाहने मान्छेहरू थिए । अहिले ती सुरजपाल बाबाउपर ज्यान मुद्दा दर्ता भएको छ । त्यसक्षेत्रका सुरक्षा अधिकारीलाई कारबाही गरिएको छ ।
नेपाल शान्तिप्रिय देश हो । तर, पण्डित नारायण पोखरेल मारिएको देश पनि हो । देवी प्रतिभालाई सुन्न कोटीहोमभित्र छिरेको कुनै सनकीले उनीमाथि पत्थर प्रहार गरेको भए ? देशको मुटु मानिने पशुपतिनाथको आँगनमा भागदौड मच्चिएको भए ? मान्छेहरू निसास्सिएर मरेको भए ? कोही दुर्जन मनुष्यले गति नै छाडेर देवी प्रतिभाको पछ्यौरी तान्न गएको भए ? 'बडी गार्ड'हरूको घेरा तोडेर कोही नमक हरामले देवी प्रतिभालाई कुनै दुर्व्यवहार गरेको भए ?
मान्छेहरूले सामान्य ढंगले सोचेका होलान्, तर देवी प्रतिभालाई नेपालमा तलमाथि भएको भए फेरि नाकाबन्दी लाग्न सक्थ्यो । भारतको मिडियामा एक महिनासम्म नेपालको बदनाम हुन्थ्यो । भारतका लाखौं पर्यटकले नेपालको धार्मिक भ्रमण रद्द गर्न सक्थे । जसरी अयोध्यावासीले भाजपालाई चुनावमा हराउँदा अहिले राम मन्दिर सुनसान भएको छ, त्यसरी नै मुक्तिनाथ मन्दिर सुनसान हुन सक्थ्यो ।
एउटा धार्मिक अनुष्ठानमा विराजमान कथावाचिकाले 'My body my choice' भन्न सक्छिन् त ? त्यसो भन्न कदापी सक्दिनन् । उनले सकेसम्म महिलाले सहनुपर्छ भनेकी छिन् । अंग्रेजी शब्दमा Compromise गर्नु भनेको भनेको हो । देवी प्रतिभाले भनेको त्यही कुरा कुनै विदेशीले 'You should have step back. You should have compromise. Let’s negotiate each other’s' भनेको भए सबैले वाहवाही गर्थे होलान् ।
मेला महोत्सवमा दुर्गेश थापा सुमधुर गीत गाउन जाँदा पनि उनको अगाडि/पछाडि १०/१२ जना अग्लाअग्ला केटाहरू छाती फुलाउँदै घेरा हालेर हिँडेको देखिन्छ । एकपटक ज्योति मगर पोखरामा गीत गाउन जाँदा दुई दर्जनभन्दा धेरै हट्टाकट्टा केटाहरू उनलाई सुरक्षा दिने भनेर चारैतिरबाट रहरलाग्दो तरिकाले छेकेर हिँडे । लोकान्तरमा लेख लेख्ने म जाबोको के हैसियत छ र ? तर, जीवनमा धेरैपटक गोप्य 'बडी गार्ड' साथमा लिएर हिँडेको छु । त्यसकारण देवी प्रतिभा त के दिलनिशानी मगरसँग समेत भुलेर पनि ख्यालठट्टा नगर्नु होला ।
एकथरि मानिसहरू भन्छन्- 'साधुसन्त भएर पनि 'बडी गार्ड' लिएर किन हिँडेको ? धार्मिक मान्छेलाई कोसँग छ खतरा ? किन चाहियो सुरक्षा ?' त्यसो भए दुर्गा प्रसाईंले अटोमिटेक हतियार बोकेर किन हिँडेको? बेलाबेलामा कालो बोकाको बली चढाउने, निधारमा आधा किलोभन्दा धेरै अवीरको रातो टीका लगाउने र हिन्दू राष्ट्र चाहियो भन्ने दुर्गा प्रसाईं पनि यो देशको बहुत बडा धार्मिक मान्छे हैनन् र ?
संसारमा सबैभन्दा खतरा यदि कसैलाई छ भने त्यो धार्मिक मान्छेलाई नै छ । त्यही भएर जोगीहरू पनि त्रिशूल बोकेर हिँड्छन् । त्रेता युगमा भगवान् श्रीराम नै धनुष वाण बोकेर हिँड्थे अरे । मान्छे मात्रै हैन, धर्म मान्ने त देशलाई पनि खतरा हुन्छ । धर्मकै कारण अफगानिस्तान ध्वस्त भयो । हालसालै अमेरिका भ्रमण सकेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले 'आफ्ना मान्छे' (यहुदीहरूको) कुनै हातलमा रक्षा गर्ने बताएका छन् ।
यो त कलियुग हो । मुखमा रामराम बगलीमा छुरा हुने युग हो । नेपालीजस्तो अटेरी, अबुझ र जिद्दी मान्छे मैले संसारमा कतै देखेको छैन । देवी प्रतिभा बिचरी सानी छिन्, त्रिशूल, धनुष वाण बोकेर हिँड्ने कुरा आएन । त्यही भएर उनलाई आपतविपतमा सहयोग गर्न केरलतिरका ठूला ज्यान भएका केटाहरू आए । त्यस्ती कोमल मन भएकी नेपाली चेलीलाई हामी दाजुभाइ मिलेर रक्षा गर्नुपर्ने ठाउँमा उल्टै 'ब्वाइ फ्रेन्ड' भेट्न वृन्दावन गएकी हो भन्ने ?
लखरलखर एउटा सानो झोला बोकेर हिँड्नका लागी देवी प्रतिभा हाम्रो गाउँको भैरवनाथ मन्दिरकी पुजारी हैनन् । बसपार्कमा हस्तरेखा हेर्न बसेको ज्योतिषी पनि हैनन् । देवी प्रतिभा करोडौं भारतीयको मनमुटुमा बस्न सफल कथावाचिका हुन् । यसकारण उनको सुरक्षाको चिन्ता नेपालीले भन्दा धेरै भारतीयले गर्छन् । उनलाई नेपालले जन्म दियो, भारतले कर्म दियो । जसले कर्म दियो, उसले सुरक्षा पनि दियो ।
केही वर्षअगाडि एकजना कोरियन महिलाले नेपालका प्रधानमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्मलाई पाँचतारे होटलमा जम्मा गरेर होली वाइन खुवाएकी थिइन् । उनको सुरक्षाका लागि सयौं निजी 'बडी गार्ड' गोप्यरूपमा परिचालित थिए, तर कसैले विरोध गरेन । त्यसको हिसाब–किताब डलरमा थियो । त्यो बेला नेपालको आर्मी, प्रहरी, खुफिया एजेन्सी सबै परिचालित गरिएको थियो ।
'डिभोर्स'को बारेमा गलत बोलेकी थिइन् ?
देवी प्रतिभाले बोलेको 'डिभोर्स' शब्दका बारेमा पनि हंगामा मच्चिएको रहेछ । तर, हामीले उनको त्यो कुरालाई विज्ञानको दृष्टिले हेर्नुहुँदैन, मानव अधिकारको दृष्टिले पनि हेर्नु हुँदैन, उनको त्यो भनाइ नितान्त अध्यात्मसँग जोडिएर आएको हो, त्यो पनि हजारौं वर्षअगाडि लेखिएको शास्त्रलाई आधारित बनाएर ।
एउटा धार्मिक अनुष्ठानमा विराजमान कथावाचिकाले 'My body my choice' भन्न सक्छिन् त ? त्यसो भन्न कदापी सक्दिनन् । उनले 'सकेसम्म महिलाले सहनुपर्छ' भनेकी छिन् । अंग्रेजी शब्दमा Compromise गर्नू भनेको हो । देवी प्रतिभाले भनेको त्यही कुरा कुनै विदेशीले 'You should have step back. You should have compromise. Let’s negotiate each other’s' भनेको भए सबैले वाहवाही गर्थे होलान् । तर, भन्न पुगिन्- नेपाली र हिन्दी भाषामा– 'प्यार से बोलो ना ।'
प्यारले बोलेको त यो देशमा कसैलाई मन पर्न छाड्यो । यिनीहरूको दिमागमा काट्ने, लुट्ने, फट्याइँ गर्ने, ज्युँदो मान्छेलाई पनि हार्दिक श्रद्धाञ्जली भन्ने, आफ्नो दिदीबहिनीसरहको मान्छेलाई अपशब्द प्रयोग गरी गाली गर्नेबाहेक अर्थोक छैन । पूर्वीय दर्शनको अध्यात्मवादले Detachment लाई भन्दा पनि Attachment लाई धेरै प्राथमिकता दिएको छ । अर्थात्, मिलेर बस, झगडा नगर, छुटेर नबस, एक अर्कालाई धोका दिएर नहिँड भनेको छ ।
तर, आजको प्रेम 'Materialistic Relationship' मा टिकेको छ । पैसा र धनदौलतका आधारमा सम्बन्ध बिकेका छन् । फलस्वरूप आज श्रीमान्, श्रीमती मात्र छुटेका छैनन्, आजको मितिमा आमासँग छोरा छुटेको छ । दिदीसँग भाइ छुटेको छ । काकासँग भतिज छुटेको छ । कोही पनि सँगै छैनन् । कोही सँगै नहुनु पनि एकप्रकारको सामूहिक 'डिभोर्स' हुनु हो । हिजो एउटा घर थियो, सबैजना त्यही घरभित्र बस्न बाध्य थिए । आज प्रत्येकको आ–आफ्नै घर छ । सँगै बस्न कोही पनि बाध्यकारी छैनन् । बाको घर, मेरो घर, छोराको घर भन्ने जमाना आयो ।
आफूले जता जे सिक्यो त्यही भन्ने हो । बेलायतको अक्सफोर्ड युनिभर्सिटी पढेर आएकाले जे सिक्यो त्यही भन्छन् । नेपालको त्रिभुवन युनिभर्सिटीमा पढेकाले जे सिक्यो त्यही भन्ने हो । भारतको जेएनयूले जे पढाउँछ, त्यहाँका विद्यार्थीले त्यही सिक्ने हो, त्यही भन्ने हो । देवी प्रतिभालाई पढाएको अनि सिकाएको वृन्दावनले हो । तिनले शास्त्रमा लेखिएको कुरालाई आफूले सकेजति व्याख्या गर्न खोजेकी छिन्, जुन अद्भूत छ । उनलाई वृन्दावनले 'Me too' अभियान चलाउन सिकाएन, 'Every father are rapist' भन्न सिकाएन, 'Sex is biological need' भन्न पनि सिकाएन, अनि क्यार्नु त ?
देवी प्रतिभाले महिलालाई अपमान हुने गरी केही बोलेकी छैनन्, केवल शास्त्रको कुरा गरेकी छन्, किनकि प्राचीन समयमा प्रहरी थिएन, अदालत थिएन, महिला आयोग थिएन, त्यसकारण महिलाको रक्षा केवल पुरुषले मात्र गर्न सक्थ्यो । पुरुषहरू महिलाका रक्षाकवच थिए । आज पनि श्रीमान् मरेका विधवा महिलालाई कस्तो व्यवहार गर्छन् ? बाउ नभएको टुहुरी केटीलाई कस्तो यातना दिन्छन् ? माल्भिका सुब्बाले केही दिनअगाडि भनेकी थिइन्- 'श्रीमानसँग 'डिभोर्स' भएको थाहा पाएपछि यस्ता सयौं म्यासेज आयो । मलाई त डर लागेर 'म्यासेज बक्स' नै डिलिट गर्नुपर्यो ।'
प्राचीन समयमा महिला र पुरुष मिलेन भने बच्चा जन्मिन सक्दैनथ्यो, त्यसकारण मिल्नुपर्ने बाध्यता थियो । अहिले पो टेस्टट्युब बेबी र सरोगेसी आएको छ । आमा पनि Single mother भएकी छिन् । स-गैरव 'I am unmarried but I have kids' भन्न थालेका छन् । विवाह गर्दिनँ, तर बच्चा पाउँछु भनेर टीभीमा नै अन्तर्वार्ता दिन्छन् । अध्यात्मले आमा को हो, बाउ को हो भनेर परिचय गराइदिन्छ । विज्ञानले पनि डीएनए परीक्षण गरेर आमाबाउ त पत्ता लगाइदिन्छ, तर आमाबाउलाई सम्मान गर्ने आइडिया भने दिन सक्दैन ।
मानिसहरूले Industrial Revolution गरेपछि Globalization शुरू भयो । महिलाले पनि पैसा कमाउन थाले । आफ्नो श्रीमानलाई पनि डिपेन्डेन्ट भिसामा विदेश लैजान थाले । त्यस्ता कतिपय महिलाले आफ्नो डिपेन्डेन्ट श्रीमानलाई कुकुरजस्तो व्यवहार गर्छन्, र भन्छन्- यो खाते मलाई चाहिन्न, 'I am self depended women' यस्ता स्वाभिमानी महिलाहरूले शारीरिक आवश्यकता पूर्तिका लागि श्रीमान् नै चाहिन्न, बजारमा अनेक प्रकारका 'टोय' पाइन्छन् भनेर भन्ने गरेका छन् ।
जंगली युगमा घर छाडेर जाने कुरा खतरनाक थियो । आजको जस्तो यातायात र सञ्चार सेवा थिएन । त्यस्तो बेलामा एउटा महिला घर छाडेर जाने कुरा बडो खतरनाक थियो । अहिले पनि श्रीमान् नभएका बेला महिलाले घर छाडेर हिँडेपछि होटलमा मृत अवस्थामा भेटिएका समाचार महिनैपिच्छे आउँछन् । त्यसकारण शास्त्रले सकभर आफ्नो पतिलाई नछाड भनेको हो । आजको स्वतन्त्र नारीवादी दृष्टिबाट हेर्दा उनको भनाइ अपाच्य सुनिएला, तर तपाईंहरू अदालतमा 'डिभोर्स' नै गर्न जानुभयो भने पनि न्यायाधीशले सिधै दस्तखत गर्दैनन्, तपाईंहरू सकभर मिल्नुहोस् भन्ने सुझाव दिन्छन् ।
कोटीहोमको पैसा
धेरैको टिप्पणी छ, देवी प्रतिभाले पैसा कमाउनका लागि कोटीहोम चलाइन् । मलाई लाग्दैन कि नेपालीसँग त्यति घेरै पैसा छ, जसले देवी प्रतिभाका लागि मुम्बईमा एउटा शानदार स्वीमिङ पुलसहितको घर किनिदिन सकोस् । जुन घरको ढोका र झ्याल सुनको होस् । उनले आफूलाई चाहिने रकम भारतमा नै कमाउन सक्छिन् । बरु जन्मभूमिको माया लाग्यो भने भारतमा कमाएको पैसाले दुई/चारवटा एम्बुलेन्स उपहार दिन सक्छिन् । पाउ पक्डेर बोलाउने अनि लुट्न आइन् भन्ने ?
धार्मिक कार्यक्रमहरूमा आर्थिक घोटाला हुन्छन्, तर यसको दोष कथावाचकलाई दिन मिल्दैन । आफू गाँजा खाएर बोहोश हुने अनि दोष भगवान् शिवलाई दिने कुरा हुन्छ ? धर्मको नाममा पैसा लुट्ने काम भएको छ भन्नेहरूले विज्ञानका लागि महावीर पुनलाई कति लाख दान गरेका छन् ? हुन त त्यो महावीर पनि गतिलो मान्छे त हैनन्, किनकि वैज्ञानिकजस्तो मान्छेले चप्पल नलगाई हिँड्छन् । खुट्टाबाट भाइरस छिर्यो भने ? फंगल इन्फेक्सन भयो भने ? पैँतालामा फलामको किला गाडिएर टिटानस लाग्यो भने ?
मलाई लाग्छ, महावीर पुनलाई चप्पल किन्नकै लागि भए पनि पनि एउटा विराट धान्याञ्चल महायज्ञ लगाउनुपर्यो । माछा, भ्यागुता, सर्प र गड्यौँलालाई किताब बेचेर कुन देशमा के आविष्कार भएको छ ? यो त विज्ञानको नाममा सिधै पैसा कमाउने निन्जा टेक्निक पो हो । मेरो आशय के हो भने यो देशमा विज्ञानको नाममा मान्छेलाई मुर्गा बनाउन पाइन्छ, तर धर्मको नाममा परोपकार गर्न पाइन्न । देवी प्रतिभाले आफ्नो फाउन्डेसनमार्फत थुप्रै परोपकार गरेकी छिन्, जुन लेखेरसाध्ये छैन ।
नेपालका मन्दिरहरूमा महिनामा कति दान भेटी संकलन हुन्छ, कसैलाई थाहा छ ? मनकामनामा कति हुन्छ ? मुक्तिनाथमा कति हुन्छ ? पाथीभरामा कति हुन्छ ? कोही माइकालाल बोलेको छ ? कसैले प्रश्न उठाएको छ ? हाम्रो ध्यान त मन्दिरहरूमा हुने भ्रष्टाचारमा पनि हुनुपर्ने हो कि एकहप्ते कोटीहोममा मात्र ? के रास्वपाका बदनाम पूर्वसांसद ढाकाकुमार श्रेष्ठले जस्तो फोन गरेर पैसा मागिन् र उनले ?
विदेशमा च्यारिटी भन्ने हुन्छ । आफ्नो मृत्युपछि सबै सम्पत्ति सामाजिक संघ-संस्थालाई दान दिने कबुल गर्छन् । तर, नेपालमा दान दिने भनेकै यस्तै धार्मिक कार्यक्रममा हो । हाम्रो सैतानी दिमागले गच्छेअनुसार दान दिन मान्दैन र दिएको पनि निको ठान्दैन । मलाई त लाग्छ, नेपालको अर्थतन्त्र चलायमान गराउन यस्तो कोटीहोम नेपालमा हरेक दिन चलाउनुपर्छ । देवी प्रतिभालाई सधैँभरी नेपालमा राख्नुपर्छ । करोडौं भारतीयलाई गाडीको डिक्कीभरी पैसा हालेर पुण्य प्राप्त गर्न नेपाल बोलाउनुपर्छ ।
पश्चिमा देशका चर्चमा उठ्ने पैसा नै शिक्षामा लगानी गरिएको हो । नेपालमा शिक्षाका लागि लगानी हुँदैन, तर धर्मका लागि लगानी हुन्छ । धर्ममा लगानी भएको पैसालाई शिक्षामा रुपान्तरण गर्नुपर्छ, जसका लागि देवी प्रतिभाहरू संवाहक बन्न सक्छन् ।
पश्चिमा देशका चर्चमा उठ्ने पैसा नै शिक्षामा लगानी गरिएको हो । नेपालमा शिक्षाका लागि लगानी हुँदैन, तर धर्मका लागि लगानी हुन्छ । धर्ममा लगानी भएको पैसालाई शिक्षामा रुपान्तरण गर्नुपर्छ, जसका लागि देवी प्रतिभाहरू संवाहक बन्न सक्छन् । मानिसलाई जीवित रहँदाभन्दा मरेपछि स्वर्ग जान पाइन्न कि भन्ने डर हुन्छ । अब प्रत्येक नेपालीलाई स्वर्ग पुर्याउने जिम्मा लिनेगरी घरमा खाल्टो खनेर लुकाएको पैसा निकाल्न लगाउनुपर्यो । त्यसका लागि देवी प्रतिभाहरू बारम्बार झुल्किनुपर्यो ।
अरू कुनै पुजारी वा कथावाचक फटाहा भए भन्दैमा देवी प्रतिभालाई फटाहा भन्न मिल्दैन । मैले आजसम्म देखेको Beauty With Brain कथावाचिका नै देवी प्रतिभा हुन् । उनको अनुहारमा देखिएको निर्दोषपन, उनको आँखामा देखिएको आध्यात्मिक भाव कमै मानिसले बुझ्न सक्छन् । नेपाली चेली भएर पनि यति अद्भूत क्षमता भएकी देवी प्रतिभा २१ औं शताब्दीमा नेपाली माटोमा जन्मिएकी महान् प्रतिभा हुन् । भारतीयलाई समेत मुर्गा बनाउन सक्ने उनी प्रथम नेपाली चेली हुन् । अब आलोचना त सबैको हुन्छ । यदि भगवान् गौतम बुद्ध फर्किएर आए भने पनि फटाहा नेपालीले 'ऊ हेर त, डाँका आयो' भन्छन् ।
मैले पनि ई-सेवामार्फत देवी प्रतिभा सहभागी कोटीहोमलाई नेपाली रुपैयाँ २ हजार दान गरेको छु । देश-विदेशमा हिँड्दा बाटोमा माग्न बसेकाहरूलाई एक रुपैयाँ भए पनि दान गर्छु । जाडो महिनामा एक दिन त एउटा 'होमलेस'लाई आफूले लगाएको न्यानो ज्याकेट नै खोलेर दिएको छु । तर, के गर्ने त्यस्तो ज्याकेट खोल्ने बेलाको भिडियो बनाएर भाग्य न्यौपाने जस्तो फन्टुस हुन मन लागेन । कतिपय पापीहरूले भगवानको डरका कारण मोटो रकम दान गर्छन्, तपाईँहामी थोरै–थोरै भए पनि गरौं । फेरि ठूलो दान गर्ने सबैलाई पापी भन्न खोजेकोचाहिँ होइन नि ! केही साँच्चैका दानी पनि हुन्छन् ।
देवी प्रतिभाले नेपाल छाडेर गइसकेको फोटो सामाजिक सञ्जालमा देखेको थिएँ । त्यो देखेर म एकाएक भावुक बनेँ । भारतमा अरू कार्यक्रम पनि होलान्, जानैपर्यो नि भनेर चित्त बुझाएँ । जानेबेला उनले नेपालको विमानस्थललाई ढोगेर गइन् । त्यो दृश्य देखेर मलाई रुन मन लाग्यो, किनकि केही महिनाअगाडि म पनि विमानस्थललाई त्यसरी नै ढोगेर विदेश फर्किएको थिएँ ।
मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो । त्यसपछि खाली पेटमा ए...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...