१३ असार २०८३, शनिबार

निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा

साउन १७, २०८१
काठमाडौं
निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ ।

त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । 

विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ । 

हवाई इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै सो डिपोको स्थापना गरिएको थियो । निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर क्षति गर्न सक्ने उच्च सम्भावना छ । गोरखापत्रमा खबर छ । 

कमेन्ट गर्नुहोस्