
अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालि र अग्नि हायर पर्चेज प्रालिले नगदरहित दाबीका लागि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेका छन् ।
बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख (उपत्यकाभित्र) श्रीराम भण्डारी र गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारीसँगै अग्नि ग्रुप तथा आईजीआई प्रुडेन्सियलका प्रतिनिधि पनि उपस्थित थिए ।
यस सम्झौतापश्चात् महिन्द्राका ग्राहकहरूले सवारीसाधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवा पाउने कम्पनीले जनाएको छ ।
बालाजु अटो वर्कस प्रालि महिन्द्रा फोर व्हीलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता हो ।