
सरकारले ठूलो संख्यामा विभिन्न मन्त्रालय तथा निकायका सहसचिव र महानिर्देशकहरूको सरुवाको तयारी गरेको छ। गत सोमबार मात्रै सरकारले २२ जना सचिवको सरुवा गरी कर्मचारी प्रशासनलाई चलाउन शुरू गरेको हो।
सोहीअनुसार नै सरकारले ठूलो संख्यामा सहसचिव र अधिकांश विभागका महानिर्देशकहरू फेरबदलको तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। नेपाल समाचारपत्रमा खबर छ ।