×

अस्थिर राजनीतिको परिणाम

नतिजा दिन नसकेको लोकतन्त्र र बढ्दो जनआक्रोश

काठमाडाैं | साउन १८, २०८१

आजभन्दा भोलि झन् अब्बल शासन प्रणालीबाट जनताको हित प्रवर्द्धन गर्नु आजको आवश्यकता हो । जनकेन्द्रित शासकीय व्यवस्थाले जनमतको सधैं ख्याल गर्नु पर्ने हुन्छ । जनताको प्रतिक्रियालाई आत्मसाथ गर्न नेतृत्व सधैं तत्पर हुनुपर्छ । आवधिक निर्वाचनबाट प्राप्त जनमतलाई हरपल ध्यान दिइएन भने शासन प्रणालीमा विसंगतिहरू देखा पर्न थाल्छन् । शासकीय नेतृत्व र जनताबीच दुरी बढ्न थाल्छ र बेमेल एवं आक्रोशहरू देखिन थाल्छन् ।

Laxmi Bank

विश्व इतिहासमा युगान्डाका इदियमिन, जर्मनीका हिटलर, कम्बोडियाका खमिररुजजस्ता क्रूर शासकले आफ्नो शासनकालमा मानवीय क्रूरता देखाए । जनताले नियन्त्रण गर्ने विधि अवरोध हुँदा यस्ता जन विरोधी क्रियाकलाप भए । तानाशाहप्रति जनता सर्तक हुनु पर्ने अवस्था देखियो ।


Advertisment

हालै निर्वाचित बेलायतका लेबर पार्टीका नेता किअर स्टार्मरले चुनाव जितेपछि बेलायतको अर्थव्यवस्थाको सुधार गर्ने, जनजिविकामा सहजता ल्याउनेजस्ता विषयमा जोड दिने भएका छन् । सिंगापुरका निर्वाचित प्रधानमन्त्री लरेन्स वाङले शासनको नेतृत्व लिएपछि सिंगापुरलाई आजभन्दा राम्रो बनाउने र महँगो जीवनस्तरलाई सहज बनाउने बाचा गरे । भारतका प्रधानमन्त्री जनहितमा कार्य गर्ने प्रतिबद्धतासहित अगाडि बढेका छन् । अमेरिका, फ्रान्सलगायत अन्य देशमा जनमतबाट शासकीय नेतृत्व तय हुने चरणमा छन् । 


Advertisment

जनताबाट शासकीय नेतृत्व तय गर्ने लोकतान्त्रिक अभ्यासको विश्वव्यापी मान्यता छ । नेपालमा लोकतन्त्रको अभ्यासपछि बहुमत पाएका दलले जनमतको समयसीमासम्म स्थिरता दिन नसकी संसद् नै विघटन गर्न पुगेको देखियो । उक्त कार्य व्यक्तिगत आवेगले प्रभावित भएको आरोप लाग्दै आएको छ । विघटनपछि अदालतको क्षेत्राधिकारमा लोकतन्त्रको नासो पुग्यो र अदालतले गरेका निर्णयमा जनताले चित्त बुझाउनु पर्‍यो ।  

विगतमा शासकीय नेतृत्वले गरेका धेरै राजनीतिक निर्णयमा जनमतको कदर हुन नसकेको गुनासो छ । चुनावको समयमा जनतालाई क्षणिक प्रलोभनमा भुलाउने र शासकीय नेतृत्वका विकृतिमा जनता पछुताउनेबाहेक अर्को विकल्प बन्न सकेन । स्वार्थ हाबी भयो र जनतामा राजनीतिक चेतना ह्रास भई शासन प्रणालीमा सुधार गर्न सकिएन । द्वन्द्वमा धेरै मानिसले ज्यान गुमाए तर, जनताको मर्ममा प्रभाव पर्नेगरी सुधार हुन नसकेको व्यवहारले देखायो । राज्यका नीति, शासकीय व्यवहार र राजनीतिक क्रियाकलापमा केही त्रुटि छन् भन्ने भाष्य देखियो ।

शासकीय प्रणालीको अन्तर्राष्ट्रिय प्रभाव पनि कमजोर नै देखियो । मुलुकको प्रतिष्ठा र अवसरमा क्रमश ह्रास भएको अनुभूति हुन थाल्यो । मानव तस्कर गर्नेदेखि भ्रष्टाचारका ठूला काण्डमा राजनीतिक नेतृत्वको नाम जोडिनेजस्ता विषयले चर्चा पायो  । 

छिमेकी मुलुकसँगको सम्बन्धसमेत सन्तुलित र प्रभावकारी बनाउने प्रयास कमजोर देखियो । मानिसका जनजिविका र व्यवसायिकतामा आकर्षण नदेखिँदा सकि नसकी अवसर र जिविकाका लागि विदेशिनेको लहर चलेको छ । 

जेल नेलसहित संघर्ष गरेर आएको नेतृत्वले सधैं पुरानो अवस्थाको वर्णन गरेर माफी पाउने अवस्था छैन । सकारात्मक सोचसहित नेतृत्व तहबाटै राजनीतिक सुधारका कार्य शुरू गर्न अब ढिलो भइसकेको छ ।

आजका दिनसम्म लगभग ५६ लाख जनता अवसरका लागि विदेशिएका छन् भने मृत्युवरण गरी फर्किनेको संख्या पनि बढ्दो छ । विकास निर्माणका विषयमा नेता केन्द्रित स्रोत विनियोजन, प्राथमिकताको ह्रास, व्यवसायीक योजना विनाका ठूला पूर्वाधार, गुणस्तरीय सेवा प्रवाहका लागि लागत लाभको कमजोर मूल्यांकन र सन्तुलित विकासजस्ता विषयमा शासन प्रणाली प्रभावकारी देखिन सकेन । राज्यका संयन्त्रमा राजनीतिक तटस्थता हुनु पर्नेमा मर्मको क्षयीकरण भएर आफ्नो मान्छे खोज्ने प्रवृत्ति मौलायो । यसले राम्रो मान्छेको पलायन हुन थालेको अवस्था देखियो । व्यावसायिकतामा राजनीतिक प्रभाव हाबी हुँदा पेशागत सक्षमताको ह्रास हुँदै गएको र राजनीतिक निकटतामा निजी क्षेत्र पनि प्रभावित भएको आरोप रह्यो ।

संघीय शासन प्रणालीको आलोचना हुने धेरै क्रियाकलाप हुन थालेका छन् । तीन तहका सरकारको बनोट, प्रभावकारिता, जनमतको कदरजस्ता विषयमा ध्यान पुग्न नसकेकोले विरोधको स्वर बढ्दो छ । 

२०७९ को निर्वाचनपछि चारचोटी संघीय सरकारको स्वरूप फेरिए र पाँचचोटी विश्वासको मत लिइयो । सात प्रदेशमा २१ पटक मुख्यमन्त्री फेरिए २४ पटक विश्वासको मत लिइयो । यस्तो चरित्रले लोकतन्त्रको उपहास भएको चिन्ता जनमानसमा देखिएको छ ।  

स्थानीय तहमा स्रोतको दुरुपयोग बढ्दो देखिएको र जनप्रतिनिधिको भष्ट्राचारको मुद्दाले शासकीय नेतृत्वको रित्तता हुन थालेको छ । महालेखा परीक्षकको प्रतिवेदन र अख्तियारमा परेका उजुरीले पनि भ्रष्टाचारको बढ्दो रूप देखाएको छ । 

चुनावपछि शासन प्रणालीमा देखिएका विकृतिका विषयमा गहन मन्थन हुन सकेको छैन । कानूनी पालनाभन्दा समझदारीमा राजनीति अल्झेको छ ।  नियमनकारी निकायहरूसमेत राजनीतिक प्रभावमा नतमस्तक भएका छन् । कानूनभन्दा माथि राजनीतिक नेतृत्व हो कि भन्ने बुझाइ हुन थालेको छ । राजनीतिक चरित्रभन्दा बाहिरको क्रियाकलाप बढ्दो भई लोकतन्त्र नै खराब हो भन्ने भाष्य आउन थालेको छ । 

नेतृत्वको असुहाउँदो जीवनस्तर, गठन विघटनमा जनतमतको अनादर, अपराधको राजनीतिकरण एवं आत्म मूल्यांकनको गिर्दो अवस्थाले राजनीतिक  प्रभावकारितामा अनुत्तरित प्रश्नहरू बढ्दो छ । शासकीय नेतृत्व गठन र विघटनमा अल्मलिँदा जनमतको अनादर भएको गुनासो सम्बोधन हुन सकेको छैन ।

तहगत सरकारले वार्षिक बजेट प्रस्तुत गर्ने र पारित गर्ने एवं राज्य संयन्त्रलाई बजेट तथा कार्यक्रमको कार्यान्वयन गर्न दिशानिर्देश गर्ने गरेकै छन् । तर, जनतामा पार्ने प्रभावको लेखा जोखा भएको पाइँदैन । पटकपटक गठन र विघटनको चर्चा परिचर्चा न्यायपालिकामा समेत पुग्ने र न्यायिक निर्णयपछि फेरि अर्को गठन र विघटन हुन पुगेका घटना दोहोरिएका छन् । 

संघीय शासन प्रणाली आलोच्य भएका बेला शासन व्यवस्थामा प्रदेश तहको नाजुक अवस्थाको अझ गिर्दो अवस्था देखिएकोले शासन व्यवस्थालाई कमजोर बनाइएको छ । शासन प्रणालीमा पटकपटक नेतृत्व गर्ने स्वरूप फेरिन्छ तर, उत्साह र उमङ्ग ल्याउन सकिएको छैन । 

यी परिदृश्यमा सुधार वा सकारात्मक परिवर्तन गर्न नसकिने पनि होइन । यथास्थितिमा रहने हो भने लोकतन्त्रविरुद्ध जनमत बढ्न सक्ने देखिन्छ । गठन र विघटनको प्रभावको आकलन गर्न सकिएन भने जनताले सधैं साथ नदिन सक्छन् । बेलैमा राजनीतिक चेतना हुन आवश्यक छ । 

जेल नेलसहित संर्घष गरेका नेतृत्वले सधैं पुरानो अवस्थाको वर्णन गरेर माफी पाउने अवस्था देखिँदैन । सकारात्मक सोचसहित राजनीतिक सुधारका कार्यहरू नेतृत्व तहबाट शुरू गर्न अब ढिलो भइसकेको छ । राजनीति सुध्रिए अरु क्षेत्रमा सुधार गर्न स्वतः सिर्जना हुन्छ ।

मूल सङ्लो भए सबै पानी सफा हुन्छ भनेझैं राजनीतिक व्यवहारको सुधारले राज्य संयन्त्र स्वतः सुध्रिनु पर्छ नै । राजनीतिक सुधारको पहिलो काम आत्ममूल्यांकन हो । नेतृत्वले आफू वरिपरि  र तलसम्मको सञ्जालको मिहिन ढंगले समय समयमा आत्म समीक्षा गर्ने र कमीकमजोरी सच्याउन प्रणगरी व्यवहार र आचरणमा सुधार गर्नै पर्छ । खराबलाई लुकाउने होइन जनताका माझ राखी सच्चिन दबाब दिनु पर्छ ।

शासन प्रणालीको नेतृत्व  गर्नेले सक्षमता देखाउनु पर्छ । आत्म समीक्षापछि उच्च ठहरिएका र माथि आउनेलाई अवसर दिनुपर्छ । कमजोर देखिएकालाई सुधार गर्न दबाब दिनु पर्ने हुन्छ । 

दोस्रोमा जनमतको अपेक्षा र आफ्नो क्रियाकलापबीच तादम्यता खोजी गर्ने, सत्ताका लागि हुने सहमति जनताका चाहना सम्बोधन हुनेगरी गर्नुपर्छ ।
भ्रष्टाचारका विषयले प्रदूषित राजनीतिको सफाइ गर्ने रणनीतिक योजना चाहिएको छ । गठन र विघटनका घटनाले हाम्रा समस्या समाधान हुने होइन । हाम्रो अन्तर्राष्ट्रिय प्रतिष्ठामा कस्तो सन्देश जान्छ भन्नेमा सर्तक हुनु पर्ने हुन्छ । जनजिविका तथा व्यवसायिकताको सहजीकरणगरी जनअपेक्षाको सम्बोधनबाट  परिणाममुखी काममा लाग्नु पर्छ । 

तेस्रोमा राष्ट्रको प्रतिष्ठा बढाउन नयाँपन वा सृजनात्मक कार्यमा जोड दिने, जनताको जीवनस्तर सुधार गर्ने रणनीतिक योजनासहित कार्यान्वयनमा जाने, विकास निर्माणको आवश्यकता स्रोतको प्राथमिकीकरण र सन्तुलित विकासमा जोड दिनेजस्ता काममा ध्यान जानु पर्छ । 

चौथो चञ्चल र अस्थिर राजनीतिको समग्रमा पर्ने प्रभावको आँकलनगरी स्थिर र जनप्रिय राजनीतिक वातावरण बनाउन सामूहिक प्रयत्नको आवश्यक छ ।
सकारात्मक पक्षलाई नकारात्मक पक्षले ढाकेको अवस्थामा स्थिर र प्रतिवद्ध शासकीय प्रणालीले जनमतको कदरगरी असल शासकीय व्यवस्था तय गर्नु पर्नेमा गठन र विघटनको प्रभावले पर्ने असरको नजरअन्दाज गर्न हुँदैन । तर, विकृति र विसंगतिमा न्यूनीकरण गर्ने अभियानमा सबै सकारात्मक हुनु पर्छ । 

निष्ठाको राजनीति र प्रतिष्ठा भएको शासन व्यवस्थालाई सचेत जनताले मार्गदर्शन गर्ने छन् । अस्थिरता एवं दलीय चञ्चलताले व्यवस्थामा पार्ने असरलाई न्यूनीकरण गर्न समय मै सर्तक हुनु पर्ने हुन्छ । जन उत्साह भएको राजनीति र जनमतले तय गरेको मार्ग चित्रमा जनजिविका  एवं  व्यवसायीकतामा जोड दिई स्वच्छ शासन प्रणाली बनाउनु आजको आवश्यकता हो ।

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x