०९ असार २०८३, मंगलबार

कार्ल्सबर्ग साउथ एशियामा बाँकी रहेको शेयर खरिद सम्झौता​​

साउन १८, २०८१
काठमाडौं
कार्ल्सबर्ग साउथ एशियामा बाँकी रहेको शेयर खरिद सम्झौता​​

कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एशिया प्राइभेट लिमिटेडमा बाँकी रहेको ३३.३३ प्रतिशत शेयर खरिद गर्ने भएको छ ।​​​

कार्ल्सबर्ग इन्डिया प्रालि (१०० प्रतिशत) र नेपालमा रहेको गोर्खा ब्रुअरी (हाल ९० प्रतिशत शेयर) को होल्डिङ कम्पनी हो।

सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत शेयर कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल) ले खरिद गरेको हो ।

यस सम्झौता बमोजिम, CSAPLले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत शयर खरिद गर्नेछ ।

बाँकी शेयरहरू कार्ल्सबर्गद्वारा खरिद गर्ने र गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशन शेयर खरिद गर्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित कारोबारको सम्झौता समाप्तिपश्चात कार्ल्सबर्गले भारतमा रहेको सम्पूर्ण व्यापारको शतप्रतिशत स्वामित्व प्राप्त गर्नेछ ।

प्रस्तावित कारोबारको कुल खरिद मूल्य ७४४ मिलियन अमेरिकी डलर रहेको छ (सम्झौतापत्रको अधिनमा रहि समायोजन हुन सक्नेछ) ।

कारोबारको ७४४ मिलियन अमेरिकी डलर मध्ये २०७ मिलियन अमेरिकी डलर रकम हालका लागि कार्ल्सबर्गसँग रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्