
९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ ।
मार्च २ तारिख आइतबारका दिन आयोजना हुने उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्रलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस बाट अनुरोध पत्र प्राप्त भएकाले ९७औँ अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई यस समितिको सचिवालयमा दर्ता गराउन आह्वान गरिएको हो ।
९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा भाग लिन नोभेम्बर १, २०२३ (२०८० कार्तिक १५) देखि सेप्टेम्बर ३०, २०२४ (२०८१ असोज १४) सम्म सार्वजनिक प्रदर्शन गरिएका चलचित्रहरू योग्य हुनेछन् । २०२४ सेप्टेम्बर १२ तारिख अर्थात् मिति २०८१ भाद्र २७ गते दिनको ५ बजेभित्र यस समितिको सचिवालयमा दर्ता गराउनु पर्नेछ ।