
वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ। हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको हो । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको बताए ।
एक साताअघि ललितपुरमा पुष्टि भएको हैजा प्रकोपका रूपमा बढ्न थालेको छ। शुक्रबार मात्रै ललितपुरमा थप दुई जनामा हैजा देखिएको छ।