२२ असार २०८३, सोमबार

कुमारी बैंक र नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकबीच सम्झौता

साउन ३०, २०८१
काठमाडौं
कुमारी बैंक र नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित नव डर्मा स्किन एन्ड लेजर एस्थेटिक प्रालिबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारीका ग्राहकले हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।​

नव डर्माको नयाँबानेश्वर, काठमाडौं र कौशलटार, भक्तपुरबाट सेवा लिएबापतको शुल्क कुमारीको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग इकाईहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्