![कमलादी र इमाडोलपछि काठमाडौंको तारकेश्वरमा पनि भासियो जमिन [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/tarakeswar_DXfHf0QxkS.jpg)
काठमाडौंको तारकेश्वर नगरपालिका-५ अर्यालटारमा खेलमैदान भासिएको छ । खोला पुरेर बनाइएको मैदानको बीच भाग भासिएको स्थानीय कुलप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार रुद्रेश्वर खोला पुरेर मैदान बनाएको थियो । महिना दिनअगाडि ढल फुटेर मैदान भासिएको उनले बताए ।
यसअघि बुधबार मात्रै ललितपुरको महालक्ष्मी नगरपालिका- ३ बोझे पोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेको थियो ।

गत साता काठमाडौं महानगरपालिकाको कार्यालय नजिकैको सडकमा पनि भ्वाङ परेको थियो । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको थियो ।






