१६ असार २०८३, मंगलबार

छात्रवृत्तिका लागि बौद्ध विश्वविद्यालयलाई ४० लाखभन्दा बढी दान प्रदान

साउन ३१, २०८१
बुटवल
छात्रवृत्तिका लागि बौद्ध विश्वविद्यालयलाई ४० लाखभन्दा बढी दान प्रदान

लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी ४० लाख रुपैयाँभन्दा बढी दान हस्तान्तरण गरिएको छ । चिनियाँ भिक्षु तथा नागरिकहरूले व्यक्तिगत रुपमा रकम जम्मा गरी विश्वविद्यालयलाई दान ४० लाख एक हजार रुपैयाँ दान गरेका हुन् । 

लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिहीवार आयोजित कार्यक्रममा चिनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिस्ट्रार डा तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा विश्वविद्यालयका निमित्त उपकुलपति आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले दिएको दानले सहयोग पुग्ने बताउँदै त्यसको उचित उपयोग गरिने प्रतिबद्धता जनाए ।

‘विश्वविद्यालयले बौद्ध अध्ययन अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेर प्राज्ञिक गतिविधि गरिरहेको छ,’ उनले भने, ‘सबैको सहयोग रहँदा यसको प्रवर्द्धनमा टेवा पुग्छ ।’ 

त्यस्तै चिनियाँ भिक्षु स्याओसिंले बौद्ध दर्शन अध्ययन तथा अनुसन्धान कार्यका लागि आफूहरूले दान हस्तान्तरण गरेको बताए । उनले दान निरन्तर गर्दै जानेसमेत जानकारी दिए । 

उक्त दान चिनियाँ भिक्षुसहित १५ परिवारले संकलन गरेको कार्यक्रममा जानकारी दिइयो । हस्तान्तरण गर्न वाङ युछेङ, ह्वाङ छोङसिं, सू सिङखोईसहितका दाता उपस्थित थिए ।

salt training

कमेन्ट गर्नुहोस्