१२ साउन २०८३, मंगलबार

आजदेखि पुनः प्रदर्शनमा चलचित्र ‘बुलाकी’

साउन ३२, २०८१
काठमाडौं
आजदेखि पुनः प्रदर्शनमा चलचित्र ‘बुलाकी’

 विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’को आजदेखि पुनः प्रदर्शन गरिएको छ । तत्कालीन समयमा चलचित्र भवनले शो बाँडफाँटमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोकेका थिए । 

पुनः प्रदर्शनमा केही दृश्य सम्पादनसहित गीत थपेर दर्शकसम्म ल्याइएको निर्माता विष्टले जानकारी दिए । “चलचित्र प्रदर्शनमा कठिनाइ भएको कारण पुनः प्रदर्शन गरेका हौँ । चलचित्रमा कर्णालीको सौन्दर्यसँगै एउटा समयलाई चित्रण गरिएको छ”, उनले भने ।  

चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गरेका छन्। 

कोरोना महामारीका कारण भएको बन्दाबन्दीपश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘बिहे पास’,‘आचार्य’लगायत चलचित्र पुनः प्रदर्शन भइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्