०२ असार २०८३, मंगलबार

ज्यानै लिने ट्राफिकका सडक ‘एम्बुस’

भदौ १, २०८१
काठमाडौं
ज्यानै लिने ट्राफिकका सडक ‘एम्बुस’

सवारीसाधनको गति मापन गर्न ट्राफिक प्रहरी बिहीबार दिउँसो राडार गनसहित बसेको स्थाननजिकै भक्तपुरको गट्ठाघरमा बीभत्स दुर्घटना भयो । कोटेश्वर–भक्तपुर सडकखण्डमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई तीव्र गतिमा पछ्याएको ना ६ ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिई झन्डै एक सय मिटर परसम्म लतारेर लग्यो । 

प्रत्यक्षदर्शीले स्कुटरचालकलाई ट्राफिक प्रहरीले बिच सडकमा नै एक्कासि रोकेर ‘एम्बुस’ मा पारी जाँच गर्न खोज्दा दुर्घटना भएको भन्दै ट्राफिक आइल्यान्डसहित प्रहरीका अन्य संरचना तोडफोड गरे । बिहीबार दिनभर सो सडकखण्ड अवरुद्ध र अशान्त बन्यो तर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार ट्राफिक प्रहरीले एक्कासि रोकेर नभई गुडिरहेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘स्पिड चेकिङ’ गर्न उपत्यका भित्रिने र बाहिरिने नाका र चक्रपथ सडकखण्डका विभिन्न नौ वटा स्थानमा यस्ता राडार गनसहितका ट्राफिक प्रहरी तैनाथ गर्ने गर्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा तीव्र गतिमा सवारी चलाउने, सडक लेन उल्लङ्घन गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चालाउने तथा सवारीचालकसँग सम्बन्धित कागजपत्र नबोक्ने २२ लाख ९१ हजार ८१७ जना सवारीचालकलाई कारबाही गरेको छ । 

विकसित मुलुकले सडकमा ट्राफिक प्रहरीको उपस्थितिबिना नै प्रविधिको माध्यमबाट सवारीचालकको अनुगमन र कारबाहीको विधि अपनाइरहँदा नेपालमा भने परम्परागत शैलीमा नै ट्राफिक कारबाहीलाई तीव्रता दिँदा आमसवारीचालकमा असन्तुष्टि देखिने गरेको छ ।गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्