२८ जेठ २०८३, बिहीबार

शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : ओली

भदौ १, २०८१
काठमाडौं
शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी संवादबाट समाधान गर्नुपर्ने बताएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औं राष्ट्रिय परिषद् बैठकमा उनले पढाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

'शिक्षकहरूका समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने, 'शिक्षक वा कुनै पनि जनतामाथि सरकारले दमनचक्र लाद्न हुँदैन ।'

अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबाबमा राखेको ओलीको दाबी थियो ।

प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गरे।

उनले शिक्षासम्बन्धी र कर्मचारीसम्बन्धी ऐन/नियमलाई आपसी संवादबाट समायानुकूल सुधारका लागि सरकार तत्पर रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्