
नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ३ वटा मोडेल सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले नाडा अटो शोमा सार्वजनिक गर्ने मोडेलको नाम अनुमान गरेर पुरस्कार जित्ने क्याम्पेन शुरू गरेको छ ।
जसमा सहभागिता जनाउन केइ नेपालको फेसबूक पेज र इन्स्टाग्राम पेजमा गएर उक्त प्रश्नको उत्तर लेख्नु पर्नेछ।
सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्नेछन् ।
केइ नेपालको सोसियल मिडिया फलोअर्स र फेन्सहरूले यस रमाइलो क्याम्पेनमा अनुमान गरी भाग्यशाली विजेता बन्न सक्नेछन् ।
यो क्याम्पेन भदौ १० गतेसम्म चल्ने छ।
आगामी गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्सको स्टल नम्बर H-16 मा गएर केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरूका बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटीले आग्रह गरेको छ ।