२३ जेठ २०८३, शनिबार

पूजा शर्माको चलचित्र ‘रावायण’ भदौ २१ गतेबाट प्रदर्शनमा आउने

भदौ ६, २०८१
काठमाडौं
पूजा शर्माको चलचित्र ‘रावायण’ भदौ २१ गतेबाट प्रदर्शनमा आउने

नायिका पूजा शर्माले निर्माण गरेको नेपाली चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको हो । 

चलचित्रमा नायक पल शाह, पूजा शर्मा र प्रियका कार्की र प्रमोद आग्रहरीको प्रमुख अभिनय रहेको छ ।

ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्माता तथा नायिका पूजा शर्माले फरक विधामा चलचित्र निर्माण भएको भन्दै सफल हुने विश्वास व्यक्त गरिन् । 

उनले भनिन्,‘म र पल शाह सँगै भएको लभस्टोरी फिल्म मात्र यहाँहरु सामु लिएर आएको थियौं । अहिले त्यो भन्दा फरक लिएर आएका छौं । फिल्म राम्रो बनेको छ । र यसले फिल्मले सफलता पाउँछ भन्ने कुरामा विश्वस्त छु ।’

चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने चलचित्रमा श्याम अधिकारीको कथा,प्रदीप श्रीवास्तवको पटकथा,सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र भदौ २१ गते बाट देशभर प्रदर्शन हुने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्