२२ असार २०८३, सोमबार

नबिलको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा पैसा लोड गर्न मिल्ने

भदौ ७, २०८१
काठमाडौं
नबिलको मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पेमा पैसा लोड गर्न मिल्ने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरूले  आफ्नो मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरूले सरल तथा सुलभ रूपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास कम्पनीको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धितआइएमई पेमोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिमआइएमई डिजिटलदूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

salt training

कमेन्ट गर्नुहोस्