०२ असार २०८३, मंगलबार

कपन र लुभुको सयौँ रोपनी जग्गाबारे त्रिवि बेखबर

भदौ ११, २०८१
काठमाडौं
कपन र लुभुको सयौँ रोपनी जग्गाबारे त्रिवि बेखबर

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण भएको विषयमा सरकारी अध्ययन भइरहेका बेला विगतमा त्रिविलाई दिने घोषणा गरिएको तर हालसम्म भोगचलन नै गर्न नपाएको जग्गाको विषयमा नयाँ तथ्य पत्ता लागेको छ । 

काठमाडौँ उपत्यकाभित्र रहेको त्रिविको जग्गाको विषयमा अध्ययन गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको हो । अध्ययनका क्रममा ललितपुर लुभुको ३७५ रोपनी र कपनको २९ रोपनी आठ आना जग्गाको विषय हालसम्म बेखबर छ । जब कि यी दुवै स्थानको जग्गा त्रिविलाई दिने भनिएको सरकारी दस्ताबेजबाट नै पुष्टि हुन्छ । 

तत्कालीन मुमा बडामहारानीद्वय कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी शाहले हालको त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि ललितपुरको लुभुमा ३७५ रोपनी जग्गा दिनुभएको थियो । २०१३ सालमा आफ्नो निजी बिर्ताका रूपमा रहेको उक्त जग्गा उहाँहरूले त्रिवि स्थापना नहुँदै दिने घोषणा गर्नुभएको थियो तर अहिले उक्त जग्गा के कस्तो अवस्थामा छ भन्ने विषयमा कसैलाई थाहा छैन । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्