२८ जेठ २०८३, बिहीबार

आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह

भदौ ११, २०८१
काठमाडौं
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न प्रधानमन्त्रीको आग्रह
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मध्यपश्चिम विश्वविद्यालयको १५औं सभामा उक्त विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गरेका हुन् । 

उनले नेपालको राज्य प्रणालीको जगको इतिहाससँग जोडिएको कर्णाली प्रदेशलाई नवीन जागरण दिने गरी सो विश्वविद्यालयले काम गर्नुपर्नेमा जोड दिए ।

सरकारको सम्पूर्ण ध्यान मुलुकमा सकारात्मक रुपान्तरण र विकासमा रहेको उनले स्पष्ट पारे ।

सभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटलगायतका कार्यसूचीसम्बन्धी प्रस्तावमाथिको छलफल सत्रमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको अध्यक्षता रहेको थियो ।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले एक सय ३१ शिक्षकको दरबन्दी स्वीकृतिका लागि आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्