२७ असार २०८३, शनिबार

'नाडा अटो शो'मा केईका ३ वटा मोडल सार्वजनिक

भदौ १२, २०८१
काठमाडौं
'नाडा अटो शो'मा केईका ३ वटा मोडल सार्वजनिक

नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शो २०२४ का पहिलो ३ वटा मोडल सार्वजनिक गरेको छ । स्टल नं एच–१६ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ नयाँ मोडल सार्वजनिक गरेका हुन् । 

null

यी तीन मोडल ई–क्युट ०२, ई–क्युट ०४ र इलेक्ट्रिक एसयूभी एक्स–३ प्रो ईभी रहेका छन् । ई–क्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा २०० किमी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार रुपैयाँ मूल्य कायम गरिएको छ भने ३०० किमी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । ई–क्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी ई–क्युट ०४, ३०० किमी  रेन्ज को मूल्य २४ लाख ९६ हजार छ । ई–क्युट ०४ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । 

null

यसैगरी तेस्रो मोडल एक्स–३ प्रो ईभी इलेक्ट्रिक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

 यस नाडा स्पेसल अफरअन्तर्गत केई गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चार्जर, साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

मंगलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको नाडा अटो शो भदौ ११ सम्म चल्नेछ ।   

salt training

कमेन्ट गर्नुहोस्