०९ साउन २०८३, शनिबार

यस वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

भदौ १४, २०८१
काठमाडौं
यस वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानलाई दिइने भएको छ ।

मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

यसैगरी प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको मदन पुरस्कार गुठीले जनाएको छ । 

दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । 

पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्