२२ असार २०८३, सोमबार

बीएन्डसीले पायो एमबीबीएस पढाउन औपचारिक स्वीकृति

भदौ २२, २०८१
काठमाडौं
बीएन्डसीले पायो एमबीबीएस पढाउन औपचारिक स्वीकृति

बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।

कलेजका जनसम्पर्क अधिकृत प्रमीश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए ।

आयोगले शुक्रबार नै सिट निर्धारण बारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए ।​

बिर्तामोड नगरपालिका वडा नम्बर ५ विर्तामोडमा चिकित्सा शास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विक्रम संवत् २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

नेपाल सरकारबाट विक्रम संवत् २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए ।

सर्वोच्च अदालतले विक्रम संवत् २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो ।

सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्