०५ साउन २०८३, मंगलबार

इंग्ल्याण्डलाई झट्का: डिफेन्डर क्वान्साले पाए रातो कार्ड

असार २२, २०८३
काठमाडौं
इंग्ल्याण्डलाई झट्का: डिफेन्डर क्वान्साले पाए रातो कार्ड

विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा आयोजक मेक्सिकोविरुद्ध २-१ को अग्रता लिइरहेको इंग्ल्याण्डलाई दोस्रो हाफमा झट्का लागेको छ।

खेलको ५४ औँ मिनेटमा डिफेन्डर जरेल क्वान्साले सिधै रातो कार्ड पाएपछि इंग्ल्याण्ड १० खेलाडीमा सीमित भएको छ।

मेक्सिकोका जिसस गालार्डोमाथि खतरनाक ट्याकल गरेपछि भिडियो असिस्टेन्ट रेफ्रीले रेफ्रीलाई मोनिटरमा रिभ्यू गर्न संकेत गरेको थियो।

रिभ्यूका क्रममा क्वान्साको खुट्टा निकै माथि देखिएपछि रेफ्रीले उनलाई मैदान बाहिर पठाउने निर्णय गरे ।
क्वान्सा बाहिरिएसँगै अब इंग्ल्याण्डले खेलको अन्तिम ३५ मिनेट १० खेलाडीको साथमा मेक्सिकोको कडा दबाब झेल्नुपर्ने भएको छ।

यो निर्णयपछि एज्तेका स्टेडियममा उपस्थित मेक्सिकन समर्थक र खेलाडीहरूमा नयाँ उत्साह देखिएको छ।

salt training

कमेन्ट गर्नुहोस्