२२ असार २०८३, सोमबार

ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा

भदौ २२, २०८१
काठमाडौं
ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा
फाइल तस्बिर

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १२ ले प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन दर्शनार्थी महिलाको सुरक्षा, भीड व्यवस्थापनका लागि बन्दोबस्त, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्दिर तथा त्यसआसपास क्षेत्रका सम्पदास्थलमा समेत सरसफाइ गरिएको छ ।

आज राति १२ बजेदेखि नै मन्दिर दर्शनका लागि खुला गरिने भएकाले वडाध्यक्ष बालकृष्ण महर्जनले  मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरिएको जानकारी दिए । 

तीजमा व्रत बसेका महिलाले मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजासमेत गराउने व्यवस्था मिलाइएको छ । भक्तजनको सुरक्षाका लागि लाइन रहेको ठाउँमा प्रहरी खटाइने छ । 

कुनै पनि भवितव्य तथा आपतकालीन अवस्थामा उच्च सतर्कता अपनाएर एम्बुलेन्सको व्यवस्था तथा प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविर र अशक्त तथा वृद्धवृद्धालाई सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको वडाध्यक्ष महर्जनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्