०७ असार २०८३, आइतबार

दोहोरो अंकले घटेर २७०१ मा पुग्यो नेप्से

भदौ २३, २०८१
काठमाडौं
दोहोरो अंकले घटेर २७०१ मा पुग्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो दिन नेप्से परिसूचक २५.४६ अङ्कले घटेर २७०१.९० को विन्दुमा अडिएको हो ।

अघिल्लो कारोबारका दिन बिहीबार मात्रै १२.१० अङ्कले घटेर २७२७.३६ को विन्दुमा अडिएको थियो । 

आज बजारमा २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयरको खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

दोहोरो अङ्कले घटेको बजारमा महुली लघुवित्त वित्तीय संस्था, सृजर्नसिल लघुवित्त वित्तीय संस्था र मिडसोलु हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

यी कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

त्यस्तै, थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य मात्रै १० प्रतिशतले घटेको छ । 

आइतबार उपसमूहतर्फ रहेका १३ वटा समूहहरूमध्ये ३ समूहको मूल्य मात्रै बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्