२० असार २०८३, शनिबार

बलिउड अभिनेत्री मलाइकाका बुवा घरकाे तेस्रो तलाबाट खसेको अवस्थामा मृत भेटिए

भदौ २६, २०८१
काठमाडौं
बलिउड अभिनेत्री मलाइकाका बुवा घरकाे तेस्रो तलाबाट खसेको अवस्थामा मृत भेटिए
बाँया तस्वीरमा घटनाको अनुसन्धान गर्दै भारतीय प्रहरी । दायाँको फाइल तस्वीरमा स्व बुवा अनिल अरोरासँग मलाइका ।

भारतीय चलचित्र नगरी बलिउडकी अभिनेत्री तथा मोडल मलाइका अरोराका बुवा अनिल अरोरा घरबाट खसेको अवस्थामा मृत भेटिएका छन् । उनी बुधवार बिहान मुम्बईको बान्द्रास्थित आफ्नो घरको तेस्रो तलाबाट झरेको अवस्थामा मृत भेटिएका हुन् ।

अनिलले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् ।

यस घटनापछि अरोराका पूर्वपति तथा अभिनेता अरबाज खान घटनास्थल पुगेका छन् । 

घटनाको समयमा मलाइका भने पुणेमा थिइन् । खबर सुनेलगत्तै उनी मुम्बई आएको बताइएको छ । उनका बुवा अनिलको शवलाई बाबा अस्पतालमा राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्