×

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । 

Laxmi Bank

बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने काम सोही चोकबाट गर्थे । सोही चोकनिरको सानो सार्वजनिक जग्गामा एक स्थानीय सानो घर बनाउँदै थिए । नजिकै चर्को घाममा उभिएर बस कुरिरहेका बटुवाले सोधे– ‘दाजु ! यहाँ के बनाउन खोज्नुभएको ?’ स्थानीय सज्जनले उत्तर दिए– ‘मन्दिर बनाउँ कि भनेको ।’ बटुवाले आश्चर्य मान्दै सोधे– ‘यति सानो स्थानमा पनि मन्दिर ? बरू यहाँ यात्रु प्रतीक्षालय बनाएर मन्दिर अन्तै कतै बनाए हुन्न र ?’ सज्जनले भने– ‘मन्दिर बनाइयो भने भगवान् बस्न आउँछन् । प्रतीक्षालय बनाएर के गर्ने मानिसबाहेक कसले प्रयोग गर्छ र ।’ 


Advertisment

बटुवा महोदयलाई के लागेछ कुन्नि त्यसपछि बोलेनन् । स्थानीय सज्जनले मन्दिर पनि बनाए । कुनै देवताको मूर्ति किनेर स्थापना पनि गरे तर, न बिहान पूजा हुन्थ्यो न साँझको आरती नै । 


Advertisment

केही महिना अघिको कुरा हो । एउटा बस्तीमा टोलसुधार समितिले बाटो बढाउने विचार गर्‍यो । बस्ती बाक्लो थियो, बाटो सानो । कदाचित कुनै भवितव्य परिहाले न दमकल छिर्न सक्थ्यो न प्रहरी प्रशासनको गाडी नै । त्यसैले समितिले जनसहभागिता जुटाएर बाटो विस्तार गर्न खोजिएको थियो तर, भइदियो के भने काम शुरू गर्नुअघि नै केही स्थानीय मिलेर सोही बाटो विस्तार गर्ने स्थानको बीचतिर मन्दिर निर्माण गर्न लागे । फलतः बाटो विस्तार गर्ने योजना नै रोक्नुपर्ने भयो । 

किनकि अर्को स्थानबाट बाटो बढाउन सकिने अवस्था नै थिएन । मन्दिर निर्माण रोक्न समितिले भरसम्भव प्रयास गर्‍यो तर, केही लागेन । उल्टै स्थानीयले कड्किँदै भने– ‘भाँडमै जाओस् तपाईँहरूको योजना । बाटो बढायो दुनियाँलाई सुख । त्योभन्दा न मन्दिर नै जाति । कम्तीमा भगवान् त बस्न आउँछन् ।’

केही दिन अगाडिको कुरा हो । एक जना सज्जनको घरमा पितृश्राद्धको दिन रहेछ । उनी एक किलो चामल, दुई किलो जति फल र डेढ/दुई सय दक्षिणा लिएर मन्दिरतिर लागे तर, उनी पुग्दा पुजारी महोदय अन्त कतै हिँडिसकेका रहेछन् । त्यसैले लगेको चीज पुजार्नी बज्यैलााई थमाएर फर्के र घरका लागि तरकारी किन्न नजिकैको पसलमा छिरे । 

तर, आश्चर्य त के भने भरखरै नगद र जिन्सीगरी करीब चार/पाँचसय मूल्य बराबरको चीज दान गर्न पुजारी खोज्दै मन्दिर धाउने सज्जन तरकारीका लागि पाँच–दश रुपैयाँमा बार्गेनिङ गरिरहेका देखिन्थे  । 

यी केही प्रतिनिधि घटना हुन् । प्रायः हामी सबैको अवस्था पनि योभन्दा फरक छैन । प्रायः हामी दान भनेको पण्डित, पुरोहित र पुजारीको हातमा दिएको मात्र हो भन्ने ठान्छौँ । अनि  धर्म पनि त्यस्तै कार्यबाट हुने हो भन्ने राख्छौँ र उनीहरूले भनेपछि लाखौं दान गर्न पनि पछि पर्दैनौं । सुन दान गर्छौं, घर दान गर्छौं, जमिन दान गर्छौं तर, कुनै भोको भिखारीलाई एक मुठी अन्न दान गर्नुपर्‍यो भने वचन लगाउन बेर लगाउन्नौं । 

हाम्रा यही मासिकताबाट फाइदा उठाएर उनीहरू आफ्नो दुनो सोझ्याइरहेका हुन्छन् । हामी उनीहरूकै पछि लागिरहेका हुन्छौं । 

हुँदाहुँदा अब त हाम्रो सोच यति बढी रूढ हुन पुगिसकेको छ कि भगवान् भनेका निर्जीव पदार्थमात्र हुन् वा निर्जीव पदार्थमा मात्र भगवान् बस्छन् भन्न, मान्न र ठान्न थालिसकेका छौं । 

निर्जीवलाई खुसी पार्ने नाममा सजीवलाई जति ठगे पनि हुन्छ, लुटे पनि हुन्छ, मारे पनि हुन्छ, काटे पनि हुन्छ र काटेर खाए पनि हुन्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले त वन मासेर मन्दिर बनाउँछौं, मठ बनाउँछौं, सार्वजनिक चौर वा गौचरन मासेर गुम्बा, चर्च र मस्जिद बनाउँछौं । 

जबकि वास्तविकता त्यसको उल्टो छ । निर्जीव पनि भगवान्ले बनाएका हुन्, भगवान्ले पठाएका हुन् । यस अर्थमा ती पनि भगवान्का प्रतिनिधि हुन् । वास्तविक भगवान् भनेका त ज्योतिर्मय स्वरूप सजीव प्राणी नै हुन्, चाहे, वनजंगल हुन्, चाहे पशुपक्षी, मानिस वा छरछिमेक । परेको बेला सहयोग गर्ने भनेका तिनैले हो, कुनै मठ, मन्दिर, मूर्ति तथा चर्च, गुम्बा र मस्जिदले होइन । 

अन्त्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ सापटी लिँदै बिदा हुन चाहन्छु– ‘कुन मन्दिरमा जान्छौं यात्री कुन मन्दिरमा जाने हो । कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो  ।’ अस्तु सबमा चेतना भया ।

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

राजनीतिक नेतृत्वप्रतिको जनआक्रोश र गुम्दै गरेको अमूल्य समय

असोज ११, २०८१

हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...

x