१० साउन २०८३, आइतबार
सन्दर्भ : देउवाको अभिव्यक्ति

कांग्रेसमा नेतृत्व परिवर्तनका लागि ‘फ्लोर ओपन’ !

भदौ ३०, २०८१
काठमाडौं
कांग्रेसमा नेतृत्व परिवर्तनका लागि ‘फ्लोर ओपन’ !

पाँचपटक प्रधानमन्त्री र दुईपटक पार्टी सभापति भइसकेका शेरबहादुर देउवाले ‘अब राजनीतिबाट विश्राम लिन्छु’ भनेपछि कांग्रेसमा उल्लासको स्थिति आउने देखिएको छ । 

सामान्यतया शक्ति र सत्ताका लागि जे पनि गर्छन् भन्ने आरोप खेपेका देउवाले पहिलोपटक सार्वजनिक कार्यक्रममा ‘मेरो उमेर भयो, म विश्राम लिन्छु’ भनेका हुन् । 

गत बिहीबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टीका तर्फबाट स्थानीय तहमा उत्कृष्ट काम गरेका प्रमुखलाई सम्मान गर्ने कार्यक्रममा देउवाले यो घोषणा गरेका हुन् ।

यसअघि पार्टीमा अरू नेताले कहिलेकाहीँ असन्तुष्टि पोख्दा देउवाले विधान संशोधन गरेर फेरि सभापति हुन्छु भन्दै धम्क्याउने भाषा बोलेका थिए । तर, उमेरले ८० हाराहारी पुगेका देउवाले केन्द्रीय कार्यालयबाटै अर्थपूर्ण रूपमा पार्टीबाट विश्राम लिने बताएका हुन् ।

‘मेरो एज पनि गयो । हरेक कारणले रिटायरमेन्टको बेला भइसक्यो,’ देउवाले प्रस्ट्याउँदै भने, ‘पार्टीको चिन्ता मलाई पनि छ । तर, भोलि आउने नेताले मैलेभन्दा बढी चिन्ता गर्नुपर्छ ।’ 

कांग्रेसमा देउवापछिको भावी उत्तराधिकारी को हुने भन्ने प्रस्ट भइसकेको छैन ।

देउवापछि कसले हाँक्ला कांग्रेसको विरासत ?

पार्टी फुटाएपछि पनि सोही पार्टीमा बलियो कोइराला विरासत पल्टाएर देउवा २०७२ र २०७८ मा लगातार दुईपटक सभापति भए । २०४८ सालमा गृहमन्त्री भएका देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा देशको प्रधानमन्त्री भइसकेका छन् । 

देउवापछि देशकै सबैभन्दा पुरानो, लोकतान्त्रिक र ठूलो पार्टी कसले हाँक्ला भन्ने बहस र दाबेदारी सतहमै देखिन थालेको छ । देउवा स्वयंले नेतृत्व छाड्ने प्रस्ट संकेत दिएर आफूभन्दा पछि आउनेलाई अवसरसँगै चुनौती पनि रहेको बताएका छन् । ‘चुनौती सामना गर्दै अनि अवसरबाट फाइदा लिँदै अझ बढी समन्वयात्मकरूपमा अगाडि बढाउँदै जानुपर्छ,’ देउवाले भने । 

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापतिले प्रस्टै ‘अब म सभापति हुँदिनँ, तर पार्टी र लोकतन्त्रका सामु देखिएका चुनौती अब तिमीहरूले सामना गर’ भनेको बताउँछन् । 

समन्वय गर्न सक्ने र योग्य नेता आफ्नो उत्तराधिकारी हुने देउवाको बुझाइ देखिन्छ । अर्कालाई गालीभन्दा आफ्नै क्षमतामा काम गरेर नेतृत्वमा आउनुपर्ने भन्दै उनले उत्तराधिकारी योग्य हुनुपर्ने संकेत पनि गरेका थिए ।

‘भोलिदेखि नेतृत्वमा आउन चाहनेले अहिलेदेखि नै लाग्नुपर्छ,’ देउवाले प्रस्ट भाषामा भनेका थिए, ‘गाली गरेर हुँदैन, काम गरेर देखाउनुपर्छ ।’

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा सभापतिले प्रस्टै ‘अब म सभापति हुँदिनँ, तर पार्टी र लोकतन्त्रका सामु देखिएका चुनौती अब तिमीहरूले सामना गर’ भनेको बताउँछन् । 

‘सभापतिले युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङलगायत उपस्थिति कार्यक्रममा अब म सभापति हुन गइरहेको छैन । जति गरें, गरें । अब युवा पुस्ताको रूपमा तपाईंहरूले चुनौतीलाई अवसरमा बदल्नुस् भन्नुभएको हो,’ विश्वकर्माले भने, ‘गाली मात्रै गर्ने होइन, जिम्मेवारी बहन गरेर पार्टीलाई बलियो बनाउनुस् भन्नुभएको हो । अब आउने पुस्तासामु अवसर मात्रै छैन, चुनौती पनि उत्तिकै छन् भनेर सभापतिले देखाइदिनुभएको हो ।’

विश्वकर्मा १५ औं महाधिवेशनका लागि फ्लोर ओपन भएको मान्छन् । 

‘हाम्रो सभापतिको शैली नै यही हो, मनमा लागेको सहजै बोलिदिनुहुन्छ । १५औं महाधिवेशनका लागि मेरो तयारी केही छैन भन्ने उहाँको कुरा हो । पार्टी र लोकतन्त्रसामु देखिएका चुनौती सामना गर्ने गरी अबको महाधिवेशनका लागि फ्लोर ओपन भएको उहाँको घोषणा हो ।’

देउवाले भावी नेतृत्वका लागि केही योग्यता र गुण हुनुपर्ने प्रस्टै बताइरहँदा उनीपछि कांग्रेस कसले हाँक्ला भन्नेमा द्विविधा छ । आकांक्षीको सूची भने लामै छ ।

अहिलेसम्म कोइरालाहरूविरुद्ध गुट नै खडा गरेर देउवाले सफलता हात पार्दै आएका छन् । देउवा समूहमा उपसभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह तथा विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला मुख्य दाबेदार हुन् ।

यो समूहबाट उपसभापति पूर्णबहादुर खड्काले सभापतिका लागि सबैभन्दा बढी आकांक्षा देखाएका छन् । निधिले अघिल्लोपटक देउवाविरुद्ध नै उम्मेदवारी दिएकाले उनलाई अगाडि सार्ने सम्भावना एकदमै कम देखिएको नेताहरू बताउँछन् । सभापतिमा दाबेदारी गर्नेहरूमध्येका सिंह, गच्छदार र सिटौलाको योग्यता नपुग्ने नेताहरू बताउँछन् ।

समूहको निरन्तरताका लागि कतिपयले आरजुलाई अगाडि सारेर बलियो गुट चलाउन देउवालाई पटक–पटक दबाब दिइसकेका छन् । आरजुलाई परराष्ट्रमन्त्री हुँदै भावी प्रधानमन्त्रीका रूपमा गरिएको चर्चा पनि पार्टीमा बलियो पोजिसनमा ल्याउन खोजिएको अर्को विश्लेषण छ । 

तर, आफूपछि आफ्नै गुटका नेताले कांग्रेसलाई पार लगाउन सक्छन् भन्नेमा देउवा ढुक्क नभएको उनलाई नजिकबाट चिन्ने नेताहरू बताउँछन् । यस्तोमा सभापतिका सबैभन्दा बलिया एवं प्रभावशाली दाबेदार डा. शेखर कोइराला, डा. शशांक कोइराला र गगन थापा देखिएका छन् । 

शेखर १४ औं महाधिवेशनमा देउवासँगै पराजित हुन पुगेका थिए । पराजित भएयता शेखर संस्थापनइतर समूहको नेताका रूपमा सक्रिय छन्, तर सभापति देउवालाई असहयोग गर्ने नीति लिएका छैनन्  । बरु देउवाको विश्वास प्राप्त गर्न उनलाई नचिढ्याउने प्रयासमा देखिन्छन् । 

null

बीपीपुत्र भएकै आधारमा शशांकले १५औं महाधिवेशनमा आफूलाई सभापतिमा अगाडि सार्ने तयारी गरेका छन् । अघिल्लोपटक शेखरले नसकेको भन्दै उनले सबैलाई मिलाएर कांग्रेसलाई गुटबन्दी मुक्त गर्ने दाबी गर्दै आएका छन् । १३ औं र १४ औं महाधिवेशनपछि देउवासँग नजिकको सम्बन्ध बनाएका शशांक अन्ततः आफूलाई पार्टी बिसाउने अपेक्षामा छन् । 

यी दुईबाहेक लोकप्रिय युवा नेता गगन थापा १५ औं महाधिवेशनका अर्का बलिया दाबेदार हुन् । अघिल्लोपटक शेखरलाई सभापतिको उम्मेदवारी छाडेर आफू महामन्त्री जितेका गगन अब जुनसुकै हालतमा सभापति लड्ने प्रयासमा देखिन्छन् । महामन्त्री हुँदा बलियो पोजिसनमा देशभर डुल्दै महाधिवेशनको तयारीमा जुटेको गगननिकट स्रोत बताउँछ ।

समूहमै भए पनि शेखरसँग सम्बन्ध प्रभावकारी नबनेपछि गगनले आफ्नो प्रभाव र लोकप्रियताको बलमा सभापतिमा भिड्ने गरी सबै तयारी अगाडि बढाएका छन् ।

केही समयअघि मात्रै केन्द्रीय समिति बैठकमा सभापतिलाई अब विश्राम लिनुस् भनेका केन्द्रीय सदस्य बलबहादुर केसी देउवाको भनाइमा इमान्दारिता भए समय आइसकेको बताउँछन् । 

‘सभापतिले रिटायर्ड हुने समय आयो भनेको मैले पनि सुनें । भनाइमा इमान्दार हुने हो भने अब उहाँले छाड्ने समय आइसकेको छ,’ केसीले लोकान्तरसँग भने, ‘अब उहाँ अभिभावक बनेर पार्टीलाई पूर्णरूपमा न्याय गर्नुपर्छ । अरू कुनै व्यक्तिलाई सभापतिलाई बनाएर अगाडि बढ्नुपर्छ ।’ 

तर, यसका लागि विलम्ब होइन, विधानले दिएको समयभित्रै १५ औं महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने केसीले बताए ।

‘छाड्ने भनेपछि पद लम्ब्याएर हुँदैन । कांग्रेसको विधानले व्यवस्था गरेको समयभित्रै महाधिवेशन गर्नैपर्छ, उहाँ तयार हुनुपर्छ,’ केसीले भने, ‘सभापतिजी यसरी अगाडि बढ्नुभयो भने कांग्रेसको इतिहासमै सफल सभापतिमा दरिनुहुन्छ । यसमा आफूलाई कति खरो उतार्नुहुन्छ, उहाँकै विवेकमा भर पर्छ ।’ 

पार्टी सभापतिबाट विश्राम लिने भने पनि देउवाले भावी प्रधानमन्त्रीको आकांक्षा अझै त्यागिसकेका छैनन् । उनले अब एमालेसँग भएको सहमतिअनुसार एकपटक प्रधानमन्त्री बन्ने अनि पार्टी राजनीतिमा सक्रिय नहुने संकेत गरिसकेका छन् । 

सहमतिअनुसार २०८३ असारमा केपी ओलीले प्रधानमन्त्री छाडेपछि देउवाले २०८४ मंसिरमा हुने निर्वाचन आफू प्रधानमन्त्री भएर गराउने तयारी गरेका छन् । पार्टीमा फ्लोर ओपनजस्तो गरे पनि देउवाले सभापति हुँदै प्रधानमन्त्री बन्ने संकेत पनि गरेका छन्, जसले कांग्रेसको १५ औं महाधिवेशन २०८४ मा प्रतिनिधिसभाको चुनाव भएपछि मात्रै हुने देखिन्छ । यस क्रममा देउवाले ४ वर्षको कार्यकाल ६ वर्षमाथि पुर्‍याउने छन् । 

‘राजनीति गर्नेले ७५ वर्ष पार गरेपछि आफ्नो स्वास्थ्य अवस्था र मनोविज्ञानको ख्याल गर्नुपर्छ । म पछाडि आउनेहरूको राजनीतिक भविष्यको सम्भावना र सपना होलान् भनेर त्यसलाई पूरा गर्न छाडिदिनुपर्छ,’ दाहालले लोकान्तरसँग भने, ‘सभापतिले अब विस्तारै निवृत्त हुने भन्नुभएको हो भने यो एकदमै राम्रो हो । नेता/कार्यकर्ताले पछिल्लो केही वर्षयता उहाँबाट यस्तै व्यवहारको अपेक्षा गरेका थिए । उहाँले स्वीकार गर्नुभएको हो भने अत्यन्त सकारात्मक छ ।’

एमालेसँगको सहमति अन्तिमसम्म कायम भइरहे देउवाले आफ्नो पालो आउँदा श्रीमती आरजु राणा देउवालाई प्रधानमन्त्री बनाउने चर्चा पनि उत्तिकै छ । तर, आरजु आफैंले सभापति हुन योग्यता नपुगेको सार्वजनिकरूपमा बताएकी छन् ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल कुनै पनि नेताले ७५ वर्ष नाघेपछि स्वास्थ्य अवस्था र मनोविज्ञान ख्याल गर्नुपर्ने बताउँछन् । 

‘राजनीति गर्नेले ७५ वर्ष पार गरेपछि आफ्नो स्वास्थ्य अवस्था र मनोविज्ञानको ख्याल गर्नुपर्छ । म पछाडि आउनेहरूको राजनीतिक भविष्यको सम्भावना र सपना होलान् भनेर त्यसलाई पूरा गर्न छाडिदिनुपर्छ,’ दाहालले लोकान्तरसँग भने, ‘सभापतिले अब विस्तारै निवृत्त हुने भन्नुभएको हो भने यो एकदमै राम्रो हो । नेता/कार्यकर्ताले पछिल्लो केही वर्षयता उहाँबाट यस्तै व्यवहारको अपेक्षा गरेका थिए । उहाँले स्वीकार गर्नुभएको हो भने अत्यन्त सकारात्मक छ ।’

आफू निवृत्त भएपछिको रिक्ततालाई पूर्ति गर्न देउवाले गुटनिरपेक्ष भूमिका खेल्नुपर्ने उनी बताउँछन् ।

‘देउवाजी निवृत्त हुँदा अब नयाँलाई अवसर आउँछ । यस्तोमा उहाँबाट भएन हामी गर्छौं भन्नेलाई अवसर र चुनौती आउनेछ, किनकि उहाँले भन्दा राम्रो गर्नुपर्ने चुनौती थपिनेछ,’ दाहाल भन्छन्, ‘अब देउवाले आफ्नो गुट र पक्षभन्दा अभिभावकत्व लिनुपर्छ । न्यायिक ढंगले जानुपर्छ । उहाँलाई जीवनमरणमा सहयोग गरेका, प्रजातान्त्रिक आन्दोलनमा जोडिएका र सुखदुःखमा साथ दिएका साथीसँग औपचारिक छलफल गरेर भोलिको नेतृत्वबारे छलफल गर्नुपर्छ ।’ 

यसअघि बीपी र गिरिजाबाबुले गरेजस्तै देउवाले पनि नेतृत्वका प्रमुख तीन आकांक्षीसँग प्रभावकारी छलफल गरेर नेतृत्व सुम्पनुपर्ने उनी बताउँछन् । 

‘बीपीले पनि किसुनजी, गणेशमान र गिरिजाप्रसाद कोइरालाबाटै नेतृत्व आउँछ भन्नुभएको थियो । गिरिजाको समयमा पनि सुशील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवा दाबेदारीमा आउनुभयो । यसमा सहजै नेतृत्व अगाडि बढेन,’ दाहाल भन्छन्, ‘यसपटक देउवाजीलाई पनि विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग छलफल गरेर एक जनालाई नेतृत्वमा ल्याउने अवसर छ ।’ 

यो एक चरणपछि गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकको पुस्ता नेतृत्वका लागि तयार हुने उनी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्