२३ जेठ २०८३, शनिबार

जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

असोज २, २०८१
काठमाडौं
जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

आश्विन शुक्ल पूर्णिमाको अवसरमा आज राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा भव्य रूपमा मनाइएको छ । 

मध्यपुरथिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाए । उनले कमिनायबाट जिब्रो छेडाएर ४० किलोको भ्वयः अर्थात महादीप  बोकेर खाली खुट्टाले पशुपति नाथ मन्दिर यात्रा गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उडडन मन्त्री बद्रिप्रसाद पाण्डेले जिब्रो छड्ने जात्राको अवलोकन गर्दै हौसला प्रदान गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्