०७ असार २०८३, आइतबार

शिक्षक पाउनै सकस, आठौँ विज्ञापनमा बल्ल पर्‍यो आवेदन

असोज ४, २०८१
काठमाडौं
शिक्षक पाउनै सकस, आठौँ विज्ञापनमा बल्ल पर्‍यो आवेदन

अछामको देवीमाण्डौँ माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन आह्वान गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएपछि भदौ १९ गते आठौँ पटक विज्ञापन गर्नु पर्‍यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकरबहादुर साउदका अनुसार आठौँ पटक विज्ञापन गरेपछि बल्ल योग्यता पुगेका व्यक्तिको आवेदन पर्‍यो तर अझै छनोट कार्य सकिएको छैन । 

सङ्घीय अनुदानबाट प्राप्त शिक्षक कोटाका लागि बिएस्सी तह उत्तीर्ण गरेको व्यक्ति हुनु पर्छ । साथै शिक्षण लाइसेन्स भएको हुनु पर्छ । साउदका अनुसार शिक्षण लाइसेन्स नभएका व्यक्ति भने प्रशस्तै भेटिएका छन् ।

दार्चुलाको मार्मा गाउँपालिकास्थित लटीनाथ माध्यमिक विद्यालय रस्कोटले पनि कक्षा ६ देखि ८ सम्म पढाउने अङ्ग्रेजी विषयको शिक्षक छनोट गर्न छ पटकसम्म सार्वजनिक विज्ञापन गर्नुपर्‍यो । 
दुर्गम र कर्णाली प्रदेशमा मात्रै होइन, तुलनात्मक रूपमा सुगम मानिएका जिल्ला र स्थानीय तहमा पनि शिक्षक अभावको यस्तै विकराल समस्या रहेको खबर गोरखापत्रमा छापिएको छ । 
 

कमेन्ट गर्नुहोस्