०८ असार २०८३, सोमबार
सहकारी ठगी प्रकरण

मध्यराति रविको पुकार: फर्केर आउनुस् प्रधानमन्त्रीज्यू- बसेर कुरा गरौं, म रुम मिलाउँछु

असोज ७, २०८१
काठमाडौं
मध्यराति रविको पुकार: फर्केर आउनुस् प्रधानमन्त्रीज्यू- बसेर कुरा गरौं, म रुम मिलाउँछु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा नसन्काउन चेतावनी दिएका छन् । सहकारी प्रकरणमा आफूलाई पक्राउ गर्न लागेको थाहा पाएपछि लामिछानेले मध्यरात फेसबुकमा स्टाटस लेख्दै न्युयोर्कमा बसेर आँखा नसन्काउन चेतावनी दिएका हुन् । 

राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री ओली हाल न्युयोर्कमा छन् ।

लामिछानेले सहकारी पीडितलाई न्याय दिने भए बसेर कुरा गर्न आग्रह गरेका छन् । 'न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौं,' उनले लेखेका छन्, 'सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न ।'

यसअघि हिजै राति समर्थकलाई सम्बोधन गरेका उनले ओली नेतृत्वको सरकार अधिनायकवादको बाटोमा लागेको आरोप लगाएका थिए । 

सहकारी ठगीमा गोरखा मिडियाका सञ्चालक छविलाल जोशी पक्राउ परेपछि प्रहरीले लामिछानेलाई निगरानीमा राखेको छ ।  

सहकारी छानबिनसम्बन्धी संसदीय समितिले गोरखा मिडियामा आएको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न रहेको निष्कर्षसहित कारबाही सिफारिस गरेको थियो ।

सरकारले समितिको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि प्रहरीले विशेष निगरानी गरेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्