बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन्।
यूएनभी नेपालको लगानी रहेको गीतमा चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन्। संगीत गैरेको शब्द र संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्।
भिडियोमा संगीत आफैंले अभिनय गरेका छन्। यसको भिडियो पनि उनकै कथा र निर्देशनमा बनेको हो।
विभिन्न सपना बोकेर गाउँबाट रित्तो हात शहर छिरेको युवाले नयाँ ठाउँमा गरेको मेहनत र प्राप्त गरेको सफलतालाई भिडियोमा देखाइएको छ।
‘म व्यावसायिक कलाकार त होइन । युवाहरूलाई स्वदेशमै केही गर्न प्रोत्साहन मिलोस् भन्ने सोचले यो गीत बनाएको हुँ,’ संगीतले भने, ‘आफ्नै जीवनसँग मिल्दो कथा बोकेको गीत भएकाले भिडियोमा पनि आफैं अभिनय गरें।’
बुटवलमै खिचिएको भिडियोलाई दीपक गिरीले छायांकन गरेका हुन् भने अमृत चापागाईँले सम्पादन गरेका छन् ।
‘श्रीधर अधिकारी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।
भिडियो :