०७ साउन २०८३, बिहीबार

२०५८ साल यताका त्रिविका विद्यार्थीलाई मौका परीक्षाको अवसर

असोज ८, २०८१
काठमाडौं
२०५८ साल यताका त्रिविका विद्यार्थीलाई मौका परीक्षाको अवसर

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर पाउने भएका छन् । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले उनीहरूलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो । 

समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।

बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्