२९ जेठ २०८३, शुक्रबार

न जागिर न कुनै व्यापार : तर, पनि वार्षिक करोडौं कमाउँछन् यी युवा !

असोज ९, २०८१
काठमाडौं
न जागिर न कुनै व्यापार : तर, पनि वार्षिक करोडौं कमाउँछन् यी युवा !

मान्छेले पैसा कमाउन केही न केही गरिरहेका हुन्छन् । केहीले जागिर र कसैले व्यापार गरेर पैसा कमाउँछन् । पैसा कमाउन कसैले अरू केही पनि गर्लान् । तर, केही न केही त गर्नै पर्छ । 

तर, जापानका एक युवा केही पनि नगरी वार्षिक करोडौं रुपैयाँ कमाउँछन् । द जापान टाइम्समा प्रकाशित समाचारअनुसार ती युवाको नाम हो शोजी मोरिमोटो । जसलाई जापानमा 'डु नथिङ गाइ' भनेर चिनिन्छ । 

उनको नामबाटै थाहा हुन्छ कि उनले केही काम गर्दैनन् । समाचारमा जनाइएअनुसार उनको वार्षिक कमाइ करोडौं रुपैयाँ हुन्छ । 

अब प्रश्न उठ्छ पैसा कहाँबाट आउँछ त ? उनको काम भनेको मान्छेसँग समय बिताउनु मात्र हो ।

null

उनले मानिसलाई भावनात्मक सहयोग प्रदान गर्छन् । केही समयको लागि उनीहरूको एक्लोपन हटाउन सहयोग गर्छन् । उनी मानिसहरूसँग लन्च र डिनरमा जान्छन् । तिनीहरूसँगै बसेर कुरा सुन्छन् । 

यसका लागि शोजीले राम्रो पारिश्रमिक पाउँछन् । तर, शोजीले आफ्नो तर्फबाट पैसाको माग भने गर्दैनन् । तर, ग्राहकले उनको खाना र यातायातको खर्च भने व्यहोर्नुपर्छ । 

जापानमा उनको अनौठो कामलाई मानिसहरूले धेरै मन पराउँछन् र उनी त्यहाँ निकै लोकप्रिय व्यक्ति बनेका छन् ।

तर, आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई भने उनले कुनै सल्लाह दिँदैनन् ।

salt training

कमेन्ट गर्नुहोस्