०९ साउन २०८३, शनिबार

महिला उद्यमीका लागि मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

असोज ९, २०८१
काठमाडौं
महिला उद्यमीका लागि मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल महिला उद्यमी महासंघको २१औं वार्षिक साधारणसभाको अवसरमा महासंघमा आबद्ध उद्यमीहरूको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले कार्यक्रमको सहजीकरण गरेको थिए ।

उक्त कार्यक्रममा महिला उद्यमीहरूले बैंकिङ्ग कारोबार र सेवा सुविधासम्बन्धी राखेका विभिन्न जिज्ञासाहरूलाई समेत उनीहरूले स्पष्ट पारेका थिए ।

null

महासंघकी अध्यक्ष शोभा ज्ञवालीले कार्यक्रमबाट महिला उद्यमीहहरूलाई बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै बैंकको सेवा सुविधाबारे थप जानकारी भएको बताइन् ।

सहभागीका जिज्ञासालाई स्पष्ट पारिएकाले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने उनको भनाइ थियो ।

उक्त कार्यक्रममा महासंघको तर्फबाट १५० जना महिला उद्यमीहरू सहभागी थिए ।

बैंकले 'नेपालमै टिक्न, सजिलो छ' भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्