१९ असार २०८३, शुक्रबार

चुनावी प्रचारमा गएका उम्मेदवार वेहोस भएर ढलेपछि...

कात्तिक २०, २०७४
चुनावी प्रचारमा गएका उम्मेदवार वेहोस भएर ढलेपछि...

मन्थली, १८ कात्तिक– पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुने प्रदेश तथा प्रनिधिसभा निर्वाचनको प्रचारका क्रममा उम्मेदवार बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ ।

संघीय समाजवादी फोरमका तर्फबाट रामेछाप ‘ख’का लागि प्रदेशसभा उम्मेदवार रामबहादुर तामाङ चुनाव प्रचारका क्रममा बेहोस भएका हुन् । चुनाव प्रचारका क्रममा बेहोस भएर ढलेपछि तामाङलाई शुक्रवार हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको छ ।

चुनाव प्रचारका लागि सदरमुकाम मन्थलीमा निस्किएका तामाङ एक्कासी बेहोस भएका थिए । उनलाई तत्कालै स्थानीय रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिए पनि होस नखुलेपछि शुक्रवार साँझ काठमाडौं ल्याइएको हो ।
अहिले उनको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्