
एनएमबि बैंक लिमिटेडले काठमाडौंको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकका ग्राहक तथा समुदायका सदस्यहरूलाई मध्यनजर गर्दै आइतबार विश्व मुटु दिवस, २०२४ को अवसरमा शिविरको आयोजना गरिएको बैंकले जनाएको छ । मुटुको स्वास्थ्यसम्बन्धी चेतना जगाउने उद्देश्यका कार्यक्रमको आयोजना गरिएको हो ।
बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ उक्त शिविर सञ्चालन गरेको हो ।
कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वास्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक जानकारी दिएका थिए ।
साथै, यसै कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे पनि जानकारी गराइएको थियो ।
दि फिनान्सियल टाइम्स, लण्डनको 'द ब्यान्कर' पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि 'बैंक अफ दि इयर एसिया २०२१'को उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको थियो ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।