०३ असार २०८३, बुधबार

आफ्नै रिभल्भर सफा गर्दैगर्दा बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लाग्यो

असोज १५, २०८१
काठमाडौं
आफ्नै रिभल्भर सफा गर्दैगर्दा बलिउड अभिनेता गोविन्दाको खुट्टामा गोली लाग्यो

बलिउड अभिनेता गोविन्दाको आफ्नै रिभल्भरले खुट्टामा गोली प्रहार भएको छ । गोली लागेपछि उनलाई तत्काल अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको बीबीसी हिन्दीले जनाएको छ ।

बीबीको समाचारअनुसार उनकी श्रीमती सुनिता घरमा थिइनन् । उनी जयपुरमा थिइन् तर, गोली लागेको खबर सुन्नेवित्तिकै उनी त्यहाँबाट निस्किएकी छन् ।

डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् रहे पनि अझै अस्पतालमै रहेको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्