×

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो ।

Laxmi Bank

भूमिगत पार्टीको खुला मोर्चामा युवा पङ्क्तिको आकर्षणले पार्टीको अभियानलाई निकै टेवा पुर्‍याएको थियो । त्यही अखिल (क्रान्तिकारी) पछिल्लोपटक पुनः चर्चामा आएको छ । शैक्षिक हड्ताल, चन्दाको माग आदिका कारण मुख्य गरी निजी शैक्षिक संस्थानहरू र विद्यालय, क्याम्पसका प्रमुखहरू अखिल (क्रान्तिकारी) भनेपछि थर्कमान हुन्थे । त्यसैको आलोकमा अखिल (क्रान्तिकारी)का नेता/कार्यकर्ताको हैसियत बनेको थियो ।


Advertisment

एउटा विज्ञप्तिको भरमा सिङ्गो मुलुकको शैक्षिक क्षेत्र ठप्प हुन्थ्यो, २०६० वरपर । अखिल (क्रान्तिकारी)को विज्ञप्ति आएपछि लाखौं विद्यार्थी घरमा बस्न बाध्य हुन्थे । शान्ति प्रक्रियामा आएपछि पनि थुप्रै शैक्षिक आन्दोलनको नेतृत्व यो संगठनले गर्‍यो । सशस्त्र संघर्षको रापतापले अखिल (क्रान्तिकारी) आफूलाई विद्यार्थी आन्दोलनको मूलधार मान्थ्यो । यतिसम्म पर्यायवाची शब्द राखिएको थियो, अखिल (क्रान्तिकारी) भनेको ‘बाघ’ हो ।


Advertisment

असोज १० गतेदेखि अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन लम्बिरहेको छ । नेतृत्व चयनमा उमेर हद विवाद र धेरै आकांक्षी देखिएपछि सम्मेलन लम्बिने क्रम जारी छ । कुर्ची हानाहान, खुकुरी प्रदर्शनजस्ता कार्य भएपछि अहिले त्यही पुरानो ‘अखिल (क्रान्तिकारी) बाघ’ भन्ने शब्द सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक रूपमा चर्चा भइरहेको छ ।

पछिल्लो समय विद्यार्थी संगठनहरूको गतिविधि ‘शून्य’जस्तै छ । यद्यपि पार्टीहरूको कार्यकर्ता र नेता उत्पादन गर्ने ‘नर्सरी’ भएकाले यसको महत्त्व घटेको छैन ।

नेकपा (माओवादी केन्द्र)भित्र पूरै ‘जनवादी केन्द्रीयता’ लागू भएको झल्को दिनेगरी अखिल (क्रान्तिकारी)को चुनाव तल्लो तहमै भएर प्रतिनिधि आएका छन् । तल्लो तहबाटै ‘गुट’का भरमा प्रतिनिधि चुनिएर आएको २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिका एक सदस्यले बताए । ‘चुनाव जित्नेगरी सबैले आ–आफ्नो गुटबाट प्रतिनिधि चयन गरेका थिए । यो पटक त कांग्रेसभन्दा बढी डेमोक्रेट भएर देखाएका छौं’, ती सदस्यले भने ।

माओवादी केन्द्रभित्र सधैँ ‘बागी’जस्ता देखिने अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले सम्मेलनको दिन फेसबूक भित्तामा एउटा स्टाटस लेखेर गुनासो समेत पोखेका थिए । यस्तो स्टाटस लेख्ने उनलाई पूर्व अध्यक्षका हैसियतमा बोलाइएन ।

तल्लो तहबाटै ‘गुट’का भरमा प्रतिनिधि चुनिएर आएको २३औं राष्ट्रिय सम्मेलन आयोजक समितिका एक सदस्यले बताए । ‘चुनाव जित्नेगरी सबैले आ–आफ्नो गुटबाट प्रतिनिधि चयन गरेका थिए । यो पटक त कांग्रेसभन्दा बढी डेमोक्रेट भएर देखाएका छौं’, ती सदस्यले भने ।

तल्लो तहबाटै गुट निर्माण गरेर प्रतिनिधि चुनेको विषय उनले प्रस्ट पारेका छन् ।

उनले भनेका छन्, ‘कार्यकर्ताको रूपमा एक अवधि आन्दोलनमा सहभागी भएको र उक्त आन्दोलनको नेतृत्व गर्ने अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन शुरू भएको थाहा भयो । विद्यार्थी (?) नेता चुन्ने नाममा पार्टीभित्रका गुटहरू र तिनका नेताहरू सबै निर्वाचनमा प्रत्यक्ष आउने पक्का हुँदाहुँदै पनि विद्यार्थी प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न अनुरोध गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दछु ।’

माओवादीको हिंसात्मक गतिविधि उत्कर्ष पुगेका दिनमा अखिल (क्रान्तिकारी)को नेतृत्वमा उनै न्यौपाने थिए ।

अखिल (क्रान्तिकारी)को आन्दोलनमा सबैभन्दा बढी चर्चा हुने नेता पूर्ण पौडेल २०५९ वैशाख १३ गतेदेखि बेपत्ता छन् । अर्का नेता बेनोज अधिकारी २०५८ फागुन २४ गते मारिए । डिलबहादुर राई, ज्ञानेन्द्र त्रिपाठीहरू अझै बेपत्ता छन् । उनीहरूकै योगदानबाट ‘बाघ’ बनेको अखिल (क्रान्तिकारी)को पछिल्लो गतिविधि र नेताहरूको कार्यशैलीप्रति तीव्र असन्तोष छ ।

मुख्यगरी अहिले पार्टी नेतृत्वलाई पनि नेतृत्व लिने सवालमा निक्कै हम्मे परेको छ । विद्यार्थीका पुराना नेताहरूलाई ‘डण्डा लगाउन’ अर्थात् नर्सरी सफा गर्न पार्टी कार्यालयले उमेर हद तोकिदिएपछि संगठनमा खैलाबैला मच्चिएको छ ।

‘अध्यक्ष पदमा आकांक्षी देखिएका ७ जनालाई कुनै पनि नेताले बोक्न नचाहँदा उमेर हदको कुरा ल्याइएको छ । तर, यो पार्टीका लागि हानिकारक छ’, ती सदस्यले भने, ‘केही आकांक्षीलाई नेतृत्वले बोक्न नचाहेको देखिन्छ । एकातिर चुनाव भए जितिहाल्छ भन्ने त्रास छ, अर्कातिर त्यो व्यक्तिलाई बोके समाजमा आलोचित भइन्छ भन्ने डर छ । सोही कारण उमेर हद तोकिएको हो । नेताहरूको स्वार्थले अखिल (क्रान्तिकारी) बाघबाट स्याल हुँदैछ ।’

‘हामी १८ जना पदाधिकारीलाई सोमबार साँझ हेडक्वार्टर (प्रचण्ड निवास खुमालटार)मा बोलाएर उमेर हद तोकेका छौं भन्ने जानकारी दिइयो । हामी उठेर आएका छौं । मंगलबार दिउँसो मतदानबाट उमेर हद राख्ने वा नराख्ने भन्नेमा छिनोफानो हुन्छ’, ती सदस्यले भने । यो सामग्री तयार पार्दासम्म मतदान भएको छैन । उमेर हदको मत अल्पमतमा पर्‍यो भने अहिले देखिएका प्रतिस्पर्धीबीच चुनाव हुनेछ । यद्यपि उमेर हदमा बहुमत पुग्यो भने पनि सर्वसम्मत हुने अवस्था छैन ।

अहिले अध्यक्षका प्रत्यासी सात जनामध्ये पहिलो नम्बरमा दीपेश पुन देखिएका छन् । सहकारी ठगी, सुन तस्करीलगायत मुद्दामा मुछिए पनि उनका समर्थकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हलबाटै उल्टो प्रश्न गरेको सन्दर्भ ती सदस्यले औंल्याए ।

उनले भने, ‘अहिले चुनाव भए दीपेशले जित्न सक्छ भन्ने डर पार्टीभित्र छ । जिम्मा लिन चाहेका छैनन् नेताहरूले । तर, जनयुद्धको लिगेसी उनीसँगै छ । सहकारी ठग हो भन्ने हो भने त छानबिन प्रतिवेदनले प्रस्टसँग भनेका व्यक्ति रवि लामिछाने पार्टीका सभापति, सांसद, पूर्व गृहमन्त्री बनिसके । लामिछानेलाई सहकारी ठग होइन भन्ने हाम्रै पार्टी अध्यक्ष (प्रचण्ड) होइन ? भनेर हलभित्रै प्रश्न गरिरहेका छन् ।’

उमेर हदअनुसार आउने नेतृत्वको ‘रिमोट कन्ट्रोल’ उनै पुराना गुटका नेताहरूको हातमा हुने निश्चित छ । कारण, ३० वरपरका विद्यार्थी नेताहरूसँग पुरानो अनुभव छैन । संगठनको सामर्थ्य र स्रोत परिचालन फेरि पनि गुटबाटै हुने भएकाले माओवादीको ‘नर्सरी’ झन् गञ्जागोल हुने देखिन्छ ।

दोस्रो नम्बरमा यसअघि दलित कोटाबाट उपाध्यक्ष बनेका इन्द्र भुसाल छन् । त्यस्तै, तेस्रो नम्बरमा जीपी मैनाली र चौथोमा पवन कार्की छन् । कार्कीले यसअघिकी अध्यक्ष पञ्चा सिंहको विरुद्धमा समानान्तर समिति खडा गरेका थिए ।

उनका लागि बागमती प्रदेशभित्र रहेका अध्यक्ष प्रचण्डकै सहयोगीहरूले लबिङ गरिरहेका थिए । तर, प्रचण्डले ठाडै अस्वीकार गरिदिए । पाँचौंमा नारायण खनाल, छैठौंमा केशव रावल र सातौं नम्बरमा मदन भुल रहेका छन् ।

पार्टी नेतृत्वको ‘ह्वीप’ले काम नगरेर उमेर हद अल्पमतमा पर्ने सम्भावना उत्तिकै छ । अहिलेका सातजना सबै ३५ वर्ष माथिका हुन् । अहिले पार्टीले २८, ३० र ३२ वर्ष भनेर छान्न विकल्पसहित मतपत्र बनाउन निर्देशन दिएको छ ।

अहिले अध्यक्षका प्रत्यासीहरूको एउटै आश छ, ‘आ–आफ्नो गुटबाट निर्वाचित गराई प्रतिनिधि ल्याइएकाले उमेर हद मान्नुहुन्न भन्नेमा लबिङ गर्नसके उमेर हद लागू गर्ने नीति फेल गराउन सकिन्छ कि ?’

माओवादी नेतृत्वका लागि विद्यार्थी संगठनमा सिर्जित वातावरणले ३ वटा विषयलाई टड्कारो बनाएको छ । पहिलो, पार्टीका लागि नेता–कार्यकर्ता उत्पादन गर्ने ‘नर्सरी’लाई सफा गर्ने । दोस्रो, पार्टीभित्र व्यक्तिपिच्छे गुट तलैदेखि छ भन्ने प्रमाण । तेस्रो, भन्न नसकेको तर, दीपेश पुन अकाट्य बने । चुनाव भए उनले जित्ने, सर्वसम्मत बनाउन नसक्ने । चुनाव भएर दीपेशले जित्दा ‘सहकारी ठगी र सुन काण्ड’मा मुछिएका व्यक्तिलाई नेता बनायो भनेर समाजले आलोचना गर्छ भन्ने पुर्वाअनुमानको त्रास पार्टीभित्र छ ।

उमेर हदअनुसार आउने नेतृत्वको ‘रिमोट कन्ट्रोल’ उनै पुराना गुटका नेताहरूको हातमा हुने निश्चित छ । कारण, ३० वरपरका विद्यार्थी नेताहरूसँग पुरानो अनुभव छैन । संगठनको सामर्थ्य र स्रोत परिचालन फेरि पनि गुटबाटै हुने भएकाले माओवादीको ‘नर्सरी’ झन् गञ्जागोल हुने देखिन्छ ।

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

x