बैशाख १८, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...
काठमाडौं, १९ कात्तिक — नयाँ आविष्कारका लागि चीन संसारभरि नै प्रसिद्ध छ । चीनले अहिले यस्तै नौलो प्रयोग गरेर सबैलाई चकित तुल्याएको छ ।
हालै सिचुआन प्रान्तमा रहेको जिन्ताई गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् । यी घरको छतमा खेती गर्न सकिन्छ ।
केही वर्षअघि भयानक भूकम्प आएर यहाँ बस्ने मानिसलाई समस्या परेको थियो । तर सरकारको नयाँ प्रयोग र त्यहाँका मानिसको मेहनतको प्रतिफलस्वरूप यो अहिले संसारकै नमूना गाउँ भएको छ ।
सन् २००८ मा वेनचुआन भूकम्पका कारण जिन्ताई गाउँनजिक करीब ८० प्रतिशत घर पूरै नष्ट भएका थिए । अनि ५० लाख मानिस बेघर भएका थिए ।
त्यसपछि सन् २०११ मा भयंकर पानी परेर पहिरोका कारण फेरि बनाइएका घर पनि ध्वस्त भए ।
तर त्यसपछि सरकारले गाउँलेहरूको सहायताका लागि हङकङ विश्वविद्यालयमा यी घरहरूको डिजाइन बनायो ।
भूकम्प लगायतका प्राकृतिक विपद् जस्ता स्थितिमा बलियो गरी अडिने र मानिसको जीवन पनि सहज बनाउने घरहरू बनेका हुन् ।
यही आइडियामा काम गर्दै सरकारले गाउँमा २२ वटा भवन बनाएको छ । तिनको छतमा खेती गर्न सकिन्छ ।
यी घरमा मानिसले अन्न उमार्नुका साथै जनावर पनि पाल्न सक्छन् । घरलाई भारी बर्खाबाट बचाउनका लागि रेनवाटर हार्भेस्टिङको सुविधा पनि दिइएको छ ।
पहाडले घेरिएका घरहरूको डिजाइन नै यसरी गरिएको छ कि घर र सडकबीच ठूलो स्पेस छ । मानिसले पसल र व्यापार बढाउन सकून् भनी यसो गरिएको हो ।
एजेन्सी
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले 'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य ७०, गोलभेँडा सानो टनेलको ६०, गोलभेँडा सानो त...
जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...