०३ असार २०८३, बुधबार

कमल थापाले ढुंगेललाई गरे उर्जा सल्लाहकार नियुक्त

कात्तिक २०, २०७४
कमल थापाले ढुंगेललाई गरे उर्जा सल्लाहकार नियुक्त
काठमाडौं १९ कात्तिक– उपप्रधान एवं उर्जामन्त्री कमल थापाले सिन्धुपाल्चोकका इन्जिनियर पुष्कर ढुंगेललाई उर्जा सल्लाहकार पदमा नियुक्त गरेका छन् ।

लामो समयदेखि उर्जा क्षेत्रमा क्रियाशील ढुंगेल जलविद्युत क्षेत्रको विज्ञका रुपमा चिनिन्छन् । पैतीस वर्षका ढुंगेलले हालसम्म १७ मेगावाट क्षमताको चारवटा जलविद्युत आयोजना सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेलेका छन् ।

उनी राप्रपाका केन्द्रीय सदस्य तथा उद्योग र आर्थिक विभागका संयोजक समेत हुन् ।
राप्रपाले अबलम्बन गरेको आर्थिक उदारवादको बहसलाइ पार्टीको तल्लो तहसम्म र्पुयाउन ढुंगेलले जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्