
असोज २४ मा प्रदर्शन हुने दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा इमान्दार सरकारी कर्मचारीको विषयका साथै प्रेम र धोकाको विषयलाई मिसमास देखाइएको छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।