
नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले घटेको छ ।
साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को विन्दुमा अडिएको छ ।
यस दिन बजारमा १ लाख ५० हजार ४६ हजार ७१० कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो साताको अन्तिम कारोबारका दिन बुधबार नेप्से परिसूचक २६.०७ अङ्कले घटेर २५९७.४९ को विन्दुमा अडिएको थियो ।
आइतबार न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
न्यादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, वीन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यसको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।